Close sidebar

महोत्सवमा रुवाए दर्शकलाई बद्रि पंगेनीले

बाँके फागुन ५- कोहलपुर न्युरोडको खुल्ला मैदानमा संचालनमा रहेको पाँचौ कोहलपुर महोत्सवमा शनिबार लोकदोहोरी गायक बद्री पंगेनीले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुती मार्फत रुवाउनु भएको छ ।

लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका पंगेनीले अहिलेको दशैमा घर आउदिन, जेठो छोरो कहाँ छ कहाँ छ जस्ता भावुक गित गाइरहदा उपस्थित सम्पूर्ण दर्शकहरुका आखा रसाएका थिए । महोत्सबमा पंगेनीको प्रस्तुतमिा बृद्ध भएका बाबा आमा भक्कानो छाडेर रोएका थिए ।

चर्चित गायिका प्रिति आलेले दिएको प्रस्तुतिमा दर्शकले साथ दिएका थिए । प्रितिले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन् ।

मञ्चमा चढेपछि गीत गाउन सुरू गरेकी आलेले आफ्ना चर्चित लोक तथा दोहोरी, दोहोरी व्याटल पनि गाउनु भएको थियो । साथै, बद्री पंगेनी र प्रति आलेले प्रत्यक्ष दोहोरी गीत गाएरसमेत दर्शकलाई मनोरञ्जन दिएका थिए ।

शनिवार पंगेनी र आले संगै चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । महोत्सवमा शनिवारमात्रै २५ हजार भन्दा बढि दर्शकले अवलोकन गरेको संयोजक हेम विक्रम जिसीले बताउनु भयो ।

उक्त महोत्सव भोलि माघ ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण सोभा त्रिपाटीले संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!