बिनोद चौधरी
सुनेको थिएँ, नेपालमा एउटा नयाँ राजनीतिक संस्कार सुरु भयो । टायर बाल्ने र लौरो देखाउने संस्कारलाई परिवर्तन गरेर फूल रोप्ने राजनीतिका चर्चा बजारभरि फैलिए । राजनीतिक सोचभन्दा माथि उठेर विवेकसम्मत रूपमा देशलाई अघि बढाउनुपर्छ भन्ने आम सोचमा फेरि पर्दा लागेको छ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको दुई दशक पार गर्न थाल्यो ? बाँके, क्षेत्र नं. ३ मा पहिलो गणतान्त्रिक संसद नेकपा ( माओबादी) का पुर्ण सुबेदी, निर्बाचित हुनु भयो, पहिलो गणतान्त्रिक समानुपातिक संसद पनि दोस्रो संबिधान सभाको निर्बाचित संसद नेकपा ( एमाले ) का दल बहादुर सुनार ,दुई पटक निर्बाचित हुनु भयो । प्रतिनिधि सभाका उम्मेदवार नेकपा ( एमाले ) कै नन्द लाल रोकाय र प्रदेश सभाको नेकपा ( माओवादी र एमाले ) का इन्द्र प्रसाद खरेल निर्बाचित हुनु भयो र पहिलो गणतान्त्रिक बैजनाथको स्थानिय सरकार नेकपा ( एमाले ) बाट मान बहादुर रुचाल निर्बाचित हुन भयो। जनताले निर्बाचित गराए तर किन मेरो सुन्दर गाउँ पालिकामा सुन्दर फुल रोप्न सक्नु भएन? पांच पांच बर्ष सम्म नेपाली जनताले तिरेको करको दुरुपयोग कसैले गर्यो? यिनी हरु मेरो सुन्दर गाउँ पालिकामा एक जोड चप्पल लगाएर आएको होइनन् र ? जनताको करको दुरुपयोग गर्न सक्ने तर एउटा पुल, पंधेरो, कलकारखाना, विद्यालय,बाटो घाटो, खाने पानी, सिंचाई, सुकुम्बासी समस्या समाधान जस्ता तमाम समस्याहरु गर्न नसक्नेले खोक्रो कुरा गर्न सुहाउँछ ? जनताको बिचमा भाषन गरेर ताली बजाउन सुहाउँछ ?
फूल रोप्ने राजनीतिक संस्कारको विकासमा अघि बढेका पाइलाहरूमा ठेस लागेको अनुभूत भैरहेको छ । जब आफूले भरोसा लिएका पुर्ब संसद तथा पुर्ब मंत्री संबिधान सभा सदस्य दल बहादुर सुनार र नन्द रोकाय जो झन्डै बाँके,क्षेत्र नं. ३ मा दुई दशक शासन सत्तामा बस्नुभयो ।उहाँ हरुकै कार्यकर्ता प्रदेश सभाका सदस्य रत्न खत्री हुन् ।
सुर्खेत जिल्ला बाट नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस अध्यन गर्न छिरेका विद्यार्थी राजनीति बाट उदाए।
म भन्दा ५ बर्ष सिनियर म नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजको स्कुलिङ काठमाडौ र उहाँ चाहिँ अखिल ( एमाले ) महेन्द्र बहुमुखी क्याम्पसको स्कुलिङ नेपालगंज युवाहरूको जमात माझ फेरि पछिल्लो समयमा राजनीतिका नाममा घृणाको खेती गर्न र हिलो छ्याप्ने प्रयास गरि रहनु भएको छ।
जुन जोगी आए पनि कानै चिरिएको भन्ने उक्ति चरितार्थ भएको छ । युवाको ढुकढुकी, सादगी, निडर, भ्रष्टाचार बिरोधी बाँके,क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य किशोर सिहं राठौर लाई “फुस्स किशोर दाई”भनेर गरेको कटाक्ष र संघीय समानुपातिक सांसद आशा बि क लाई “एक रुपियाँ बचत हाले होलान्” भने म सभाषद बाट राजीनामा दिन्छु। भनेर गरेको व्यङ्गले क्षेत्र नं. ३ मा बिकासको खोलो आउला भनी हामी आशमा गर्छौं ।
कता कता यी सबै सकारात्मकताको आवरणमा बुनिएका नकारात्मक सोचको परिणतिमात्र हुन् कि शंका पनि छ। प्रदेश सभाषद रत्न खत्री को जनता संगको भेट्घाट्ले आफैं नकारात्मक विचारले घेरिएकाबाट प्रदेश सकारात्मक मोडतर्फ उन्मुख होला त ?
फूल रोप्नेहरू काँडाको खेती गर्दैनन् । सकारात्मक सोचको खेती गर्नेहरू नकारात्मक तवरले अघि बढ्दैनन् । यदि क्याम्पसमा राजनीति गरे जस्तै टायर बाल्ने संस्कारको अन्त्य गर्ने हो भने ती युवाको मनभित्र दन्किएको आक्रोश र क्रोधको टायर निभाउन सक्नुपर्छ । फेरि पनि नेताहरूमाथि हिलो छ्याप्ने र व्यक्तिको प्रतिष्ठा र चरित्रमा आँच आउने अभिव्यक्तिले फूल रोप्ने संस्कारको विकास हुनै सक्दैन । भाषण शैली र कला सिकाउने बग्रेल्ती विद्यालय होलान्, वास्तविक परिवर्तनका लागि सोचलाई सकारात्मक बनाउनुपर्छ ।लेखक बिनोद चौधरी नेपाली काङ्ग्रेस बाँकेका सह सचीव हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्