Close sidebar

प्रभात नमुना माध्यमिक बिद्यालयले ५५ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनायो

बाँके फागुन २६– प्रभात नमुना माध्यमिक बिद्यालयले आफ्नो ५५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ अरनिको स्थित विद्यालय परिसरमा ५५ औं वार्षिकोत्सब मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खत्रीले सामुदायिक विद्यालयमध्ये प्रभात नमुना माध्यमिकबिद्यालय पालिकाकै उत्कृष्ट विद्यालय भएको भन्दै विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

आफ्नो  पहलमा विद्यालयमा बैलल्पिक उर्जा सोलार जडानको लागि प्रदेश सरकारबाट १५ लाख बजेट बिनियोजन गरेको समेत बताउनु भयो ।

बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले आ–आफ्नो तर्फबाट भुमिका खेल्न पर्ने उहाँको भनाइ रहेका छ । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले ५० प्रतिशत छुटमा छोरी शिक्षा कार्यक्रम लागु गरीएको बताउनु भयो । समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता अझै पनि उस्तै भएकाले छोरीलाई उचित शिक्षा प्रदान गराउने उदेश्यले छोरी शिक्षा कार्यक्रम लागु गरीएको बताउनु भयो ।

समाजमा छोरीले पनि उत्कृष्ठ कार्य गर्ने उल्लेख गर्दै उहाँले छोरीलाई शिक्षा दिन सम्पूर्ण अभिभावकलाई आग्रह गर्नु भएको छ ।

उक्त अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले पालिकाकै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको भन्दै शैक्षिक क्षेत्रलाई अझै सुधार गर्नको लागि आफूहरु लागि परेको बताउनु भयो । विद्यालयमा भौतिक तथा शैक्षिक पूर्वाधाहरु प्रयाप्त मात्रामा भएको बताउनु भयो । यस्तै विद्यालका प्रद्यानाध्यापक बाबुराम अधिकारीले शिक्षा मानव स्रोत र विकास केन्द्रबाट कार्यसम्पादन मूल्याकंनका आधारमा यस क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा ५ लाख प्रोत्साहन गर्न सफल भएको बताउदै पालिका तथा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको बताउनु भयो ।

शैक्षिक पक्षको सुधारमा प्रतिबद्ध रहेको भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न नितिनियमलागु गरेको पनि बताउनु भयो । उक्त अवसरमा बिद्यालयले विज्ञान र प्रविधि प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान तथा प्रविधिसंग जोडिएका विभिन्न प्रदर्शनीहरु अवलोकनका लागि राखिएको थियो। विद्यार्थी भाइबहिनीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसंग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको हो । विद्यार्थी भाइबहिनीहरुका अभिभावकलगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।

वार्षिकोत्सब तथा अभिभावक दिवसमा बाल गायक सुप्रिम मल्ल र बाल गायिका पुजा देवकोटाले आफ्नो प्रस्तुति दिएका थिए भने विद्यालयमा बालबालिकाले विभिन्न नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सह– प्रद्यानाध्यापक भूल प्रसाद अधिकारी र शिक्षक कृष्ण कुमार ज्ञावालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!