
बाँके चैत १८, एसएमएस फ्रेन्डसिप कप टि–२० क्रिकेट श्रृंखलामा नेपालको विजयी शुरूआत गरेको छ । भारतमा आइतबार भएको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले हराएर नेपालले विजयी सुरुवात गरेको हो ।
गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कप्तान
रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । २६ बलमा उनले ३ चौका प्रहार गरे । यस्तै, अनिलकुमार साहले ३२ रन बनाए ।
तेस्रो विकेटका लागि रोहित र अनिलले ६५ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए ।
गुजरातका तेजस पटेल र हेमाङ पटेलले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । गुजरातका रुद्र मयुर पटेलले २३ रन बनाए ।
हेमाङ पटेल २०, सरल प्रजापति १७, अभिषेक देसाईं ११ र स्मित पटेल १० रनमा आउट भए । नेपालका गुलशन झाले ४ र करण केसीले ३ विकेट लिँए ।
नेपालले श्रृंखलाको दोस्रो खेल अप्रिल २ मा बरोडाविरुद्ध खेल्नेछ । डबल राउण्ड रोबिन ढाँचामा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्