Close sidebar

बाँकेका प्रेम रम्तेल राष्ट्रिय करातेमा द्वितीय

बाँके:राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको १४औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८० मा त्याकुन्दो अन्तर्गत कराते खेलकुद प्रतियोगिताको ६२ के.जि. खेलाडी प्रतिस्पर्धामा लुम्बिनी प्रदेशमा स्वर्ण पदक जित्न सफल प्रेम रम्तेलले केन्द्रिय प्रतियोगिता द्वितीय स्थान हासिल गरेर कास्यपदक जित्न सफल भएका छन् ।
बैजनाथ गाउँपालिका ६ निवासी प्रेम रम्तेल गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेर जिल्ला स्तरीय खेलकुद प्रतियोगिताका लागी छनौट भएका थिए।बाँके जिल्लाको प्रतिनिधि भएर लुम्बिनी प्रदेश स्तरीय कराते प्रतियोगितामा पुनःस्वर्ण पदक जितेर केन्द्रिय प्रतियोगितामा ३ सेकेन्डले द्वितीय भए र लुम्बिनी प्रदेशको तर्फबाट खेलेका प्रेमले कास्य पदक जित्न सफल भएका हुन् ।
उनि भन्छन् प्रथम भएर देश र राष्ट्रको लागी अन्तर्राष्ट्रिय खेल खेलेर स्वर्ण पदक जित्ने आफ्नो ठुलो धोको भएको उनलाई निरन्तर तालिम खेल अभ्यासको ब्यवस्था भए आफुले राष्ट्रको नाममा स्वर्ण पदक ल्याउने दृढ़ बिस्वास भएकोले नियमित खेल अभ्यासको ब्यवस्था गरिदिन सरकार समक्ष अरुरोध समेत्गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!