बाँके:खजुरा गाउँपालिकाले बर्ष २०८०/०८१ बैशाख १८ गतेसम्म गाउँपालिकाको कुल बजेटको ४७ प्रतिशत बजेट खर्च गरेको लेखा अधिकृत प्रदिप सुनारले बताउनुभएको छ।
गत आर्थिक बर्षमा कुल बजेटको ७३ प्रतिशत बजेट खर्च गरेको खजुरा गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट सतप्रतिशत खर्च गर्न निरन्तर काम गरीरहेको छ।यस आर्थिक बर्षमा सतप्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको लेखा अधिकृ सुनार ले बताउनुभयो ।
बजेट पुरा खर्च नहुनुको कारण बारे लेखा अधिकृत सुनार बताउनुहुन्छ:पटकपटक म्याद थप हुनु अनुमानित बजेट भन्दा कम बजेट खर्च हुने कतिपय योजना बिबादास्पद भएर समस्या हुन्छ भने टेन्डर गरेका योजना बाट रकम बचेको पुनः टेन्डर गर्न नसक्नु जस्ता समस्याहरुले सतप्रतिशत बजेट खर्च हुन सक्दैन ।बजेट समयमै संघ र प्रदेश बाट अक्तियारी प्राप्त नहुनु पनि यस्का मुख्य कारण हुन। सबै सुधार गर्दै गए सबै स्थानीय तहले सतप्रतिशत बजेट खर्च र योजना सम्पन्न गर्न सहज हुने छ।
प्रतिक्रिया दिनुहोस्