Close sidebar

आधुनिक प्रविधि सम्बन्धि तालिम शुरु

बाँके:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,अन्तर्गत प्रदेशको तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा शनिबार जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम नेपालगन्ज स्थित सिद्वार्थ होटेलको सभाहलमा शुरु भएको छ।

उक्त कार्यक्रममा प्रशिक्षक नागेश बडु,मिलन श्रेष्ठ,बिक्रम खतिवडा,जश्मीन स्थापित र अभिलास चक्रवर्तीले लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका कुल २६ जिल्लाका जिल्ला समन्वय समिति प्राविधिक प्रमुख र स्थानीय तह प्राविधिक एवं सूचना अधिकृत जिल्ला समन्वय समितीका कर्मचारी सूचना प्रविधि,स्थानीय तह सूचना प्रविधि अधिकारीलाई शनिबार देखि सोमबार सम्म अहिलेको नयाँ प्रविधि सम्बन्धि बेवसाईट अपग्रेट सम्बन्धि शनिबार देखि सोमबार सम्म प्रशिक्षण प्रदान गर्ने कार्यक्रम सप्पन्न हुने आयोजनाले जानकारी दिएको छ।

कार्यक्रमका तस्वीरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!