Close sidebar

गुल्मीमा घट्यो सुन्तला उत्पादन

कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ । गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए ।

भण्डारीका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ । गत वर्ष बढी उत्पादन भएका कारण कारण यो वर्ष कम उत्पादन देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । यस वर्ष फले सुन्तलाका आकार साना छन् । फल पनि पातलो छ । त्यसैले उत्पादन घटेको कृषि ज्ञान केन्द्रको भनाइ छ । जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!