बाँके:बैजनाथ गाउँपालिका ३ को दिगो सामुदायिक बिकास मन्च अध्यक्ष प्रेम बहादुर बैगारको अध्यक्षतामा बिहिवार “दुव्र्यवहार मुक्त बालबालिका बाल अधिकारको सुनिश्चितता”लागु औषध विरुद्ध सचेतता जगाऔं,बालबालिकाहरुलाई दुर्ब्यसनी हुनवास बचाऔं”भन्ने मुल नाराको साथ लागु औषध दुर्ब्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रमको दोश्रो दिन सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार बैजनाथ ४ का वडा सदस्य राम चरण थारु बागेश्वरी माध्यमिक विद्यालयका प्र.अ बि.पि.मेमोरियल विद्यालयका प्र.अ. प्रयत्न माध्यमिक विद्यालयका प्र.अ त्यसैगरी डाईनामिक ई.मि.स्कुल का संचालक प्रकाश शाह प्रशिक्षक बिक्रम हमाल र दिपेन्द्र जिसी लगाएत स्थानीय पत्रकार विद्यार्थी लगाएतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष प्रेम बहादुर बैगारले जानकारी दिनुभयो ।
बिहिवार बैजनाथ गाउँपालिका वडा ३ को बागेश्वरी माध्यमिक बिद्यालय त्यसैगरी बैजनाथ ४ को बि.पि.मेमोरियल माध्यमिक विद्यालय,प्रयत्न ई.मि.स्कुल र डाईनामिक ई.मि.माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुर्ब्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम भएको हो।
बैजनाथ गाउँपालिका र दिगो सामुदायिक बिकास मन्चको साझेदारीमा भएको कार्यक्रम दोश्रो दिन बिहीवार बैजनाथका ४ वटा विद्यालयहरुमा सम्पन्न गरिएको छ।
संस्थाका अध्यक्ष प्रेम बहादुर बैगारले संस्थाले बिगतदेखि नै बैजनाथका विद्यालयहरुमा लागु औषध सम्बन्धि काम गर्दै आएको निरन्तर काम गर्दै आएकोले यस पटक समेत कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारले साझेदारी संस्थालाई जिम्मेवारी प्रदान गरेकोमा स्थानीय सरकारप्रति धन्यवाद ब्यक्त गर्नुभएको छ।
स्थानीय सरकारले बैजनाथमा लागु औषध प्रयोगकर्ता शुन्य पार्न विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रम गरेर गाउँ टाेल बस्तीहरुमा जनचेतना फैलाउने उदेश्यका साथ स्थानीय सरकारले सहयोग गरेको वडा सदस्य राम चन्द्र थारुले बताउनुभयो। साथै आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिन दिगो सामुदायिक बिकास मंन्चलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा बोल्दै सहभागी विद्यार्थीहरुले यस्तो कार्यक्रमलाई अझै राम्रोसँग २-३ दिन एउटा विद्यालयमा चलाउँदा धेरै प्रभावकारी हुने समेत सुझाव राखेका छन् ।
कार्यक्रमका सभाअध्यक्ष प्रेम बैगारले स्थानीय सरकारले आफ्नो संस्थालाई विस्वास गरेकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाले आवश्यकताका आधारमा आगामी दिनहरुमा समेत यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दै बैजनाथ गाउँपालिकाकामा रहेका निजि तथा सामुदायिक ३० विद्यालयका १ हजार ६ सय ५० विद्यार्थीलाई लागु औषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरीने सभा अध्यक्ष प्रेम बैगारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्