Close sidebar

योगीनी माबिमा लागू औषध एवं साईबर क्राईम सचेतता कार्यक्रम सम्पन्न

बाँके:खजुरा गाउँपालिका ३ खजुरा सुधार केन्द्रका कार्यकारी निर्देशक बिक्रम हमालको अध्यक्षतामा योगीनी माध्यमिक विद्यालयको सभाहलमा आईतवार खजुरा गाउँपालिकाको आर्थिक सहयोग एवं खजुरा सुधार केन्द्रको आयोजनामा योगीनी माध्यमिकका विद्यार्थीहरुलाई लागूऔषध तथा साईबरक्राईम विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी प्रहरी निरीक्षक अशोक मल्ल ईलाका प्रहरी कार्यालय धनौली ईन्चार्ज अतिथी विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हिम बहादुर पुन शिक्षक अभिभावक संघ अध्यक्ष कर्ण बहादुर बि सि प्रधानाध्यापक राम चरण चौधरी प्रहरी सहायक निरीक्षक दिनेश कुमार चदारा प्रशिक्षक सन्तोष सापकोटा लगाएत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक चौधरीले स्वागत मन्तब्य राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि लाभदायक हुने बताउँदै प्रशिक्षणमा सहभागी विद्यार्थीले अन्य विद्यार्थीहरुलाई समेत आफुले सिकेका कुरा सिकाउने विस्वास लिएको बताए ।

खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा खजुरा सुधार केन्द्रको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रहरी निरीक्षक मल्लले साईबर क्राईम र सोसल मिडियाको प्रयोग बारे सहभागीलाई सुरक्षीत कसरी हुने कसरी आफुले आफ्नो सामाजिक संजाल सुरक्षीत राख्ने र यस्को कानुनी ब्यवस्था दण्ड सजाय बारे प्रशिक्षण दिएका थिए। २-५ बर्ष सजाय जरिवाना ५० हजार देखि २ लाख सम्म जरिवाना हुने ब्यवस्था भएको जानकारी साथै कुनैपनी सामाजिक संजाल दुरुपयोग या ह्याक भए ३५ दिनभित्र प्रमाणसहित नजिकको प्रहरी कार्यालय वा साईबर ब्युरो अपराध महाशाखा वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर उजुरी दर्ता गर्न सकिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!