Close sidebar

खजुरामा लागू औषध एवं साईबर क्राईम सचेतता कार्यक्रम सम्पन्न

बाँके:खजुरा गाउँपालिका ३ खजुरा सुधार केन्द्रका कार्यकारी निर्देशक बिक्रम हमालको अध्यक्षतामा शुक्र माध्यमिक विद्यालयको सभाहलमा सोमबार खजुरा गाउँपालिकाको आर्थिक सहयोग एवं खजुरा सुधार केन्द्रको आयोजनामा शुक्र माध्यमिकका विद्यार्थीहरुलाई लागूऔषध तथा साईबरक्राईम विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी प्रहरी निरीक्षक अशोक मल्ल ईलाका प्रहरी कार्यालय धनौली ईन्चार्ज अतिथी विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक प्रशिक्षक सन्तोष सापकोटा र मित्र हमाल लगाएत खजुरा गाउँपालिकाका करिब १६० विद्यार्थीहरुलाई लागु औषध तथा साईबर क्राईम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बिक्रम हमालले जानकारी दिए।

उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तब्य राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि लाभदायक हुने बताउँदै प्रशिक्षणमा सहभागी विद्यार्थीले अन्य विद्यार्थीहरुलाई समेत आफुले सिकेका कुरा सिकाउने विस्वास लिएको बताए ।

खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा खजुरा सुधार केन्द्रको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रहरी निरीक्षक मल्लले साईबर क्राईम र सोसल मिडियाको प्रयोग बारे सहभागीलाई सुरक्षीत कसरी हुने कसरी आफुले आफ्नो सामाजिक संजाल सुरक्षीत राख्ने र यस्को कानुनी ब्यवस्था दण्ड सजाय बारे प्रशिक्षण दिएका थिए। २-५ बर्ष सजाय जरिवाना ५० हजार देखि २ लाख सम्म जरिवाना हुने ब्यवस्था भएको जानकारी साथै कुनैपनी सामाजिक संजाल दुरुपयोग या ह्याक भए ३५ दिनभित्र प्रमाणसहित नजिकको प्रहरी कार्यालय वा साईबर ब्युरो अपराध महाशाखा वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर उजुरी दर्ता गर्न सकिने बताए ।
खजुरा सुधार केन्द्रले बिगतदेखी नै लागू औषध तथा साईबर क्राईम बारे स्कुल स्कुलमा सचेतता मुलक कार्यक्रमहरु गर्दै आएको छ।आगामी दिनहरुमा पनि खजुरा सुधार केन्द्रले यसै गरि निरन्तर लागू औषध नियन्त्रण सम्बन्धि कार्यक्रमलाई निरन्तर गर्ने प्रतिबद्धता सहित बिक्रम हमालले कार्यक्रम समापन गर्नुभएको प्रशिक्षक सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!