Close sidebar

एसईईमा भेरी फ्युचरका चौलागाईं भए बैजनाथ प्रथम

बैजनाथ गाउँपालिकामा पनि बिशेष गरि स्थानीय सरकारले शैक्षिकहब बनाउने योजना छ भन्दै गर्दा बैजनाथका विद्यालय र विद्यार्थी तिनको नतिजाले पनि बैजनाथमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने स्पष्ट दर्शाउँछ।
समग्र देशब्यापी रूपमा निजि विद्यालयले गर्दा नै शिक्षा क्षेत्र नतिजामुखी बन्दा बैजनाथमा रहेका निजि विद्यालयहरुको अवस्था यस्तो छ:बैजनाथ गाउँपालिकामा सबभन्दा धेरै भेरी फ्युचर ई.मि.हाई स्कुल बैजनाथ ५ बनकटवाका छात्र प्रकाश चौलागाईंले ३.७८ जिपिए प्राप्त गरेर समग्र बैजनाथमा प्रथम स्थान हासिल गर्न सफल भएका भए, स्काई ल्यान्ड ई.मि.स्कुल बैजनाथ १ चिसापानीका छात्र आयुश चन्दले ३.७३ जिपिए सहित द्वितीय स्थान हासिल गरेका छन् भने हिमालय विद्या निकेतन बैजनाथ ५ का छात्र सोभित खत्रीले ३.७२ जिपिए र श्री सरस्वती ई मि स्कुल बैजनाथ ६ लालपुरका छात्र युवराज खत्रीले ३.७२ जिपिए ल्याएर तृतीय स्थान हासिल गरेका छन् ।बैजनाथका निजि विद्यालयहरुको उतिर्ण प्रतिशत धेरै आएको छ।

सामुदायिक विद्यालय तर्फ समावेशी माध्यमिक विद्यालय बैजनाथ ४ तिलकपुर का छात्र बिनायक नेपालीले ३.७० जिपिए प्राप्त गरेर सामुदायिक विद्यालय तर्फ प्रथम स्थान हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!