
टिका सानु युटुब च्यानलबाट शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको लय तथा शब्द गायक स्वयमको रहेको छ भने एरेन्ज बलु तामाङले गरेका छन् ।
गाँउ घरमा रमाइलो जमघटका बेलामा गरिने नृत्य गीतमा देख्न सकिन्छ । उक्त गितको भिडियोमा दिलु सुनार र आरुसी मगरको उत्कृष्ट नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफि तथा निर्देशन भने दिलु् सुनारले गरेका हुन् ।
गाँउ घरका मैलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन धनराज चुनारा । अझ विशेष मध्यपश्चिमका सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाहरुमा प्रचलित झ्याउरे भाका, लोक भाका, टप्पा जस्ता मैलिक गीत संगितको जर्गेना गरिरहेका गायक धनराजले लामो समय पछि मैलिक भाकाको भ्याउरे गित बजारमा ल्याएका हुन ।
(भिडियो)
प्रतिक्रिया दिनुहोस्