Close sidebar

लुम्बिनी प्राविधिक विश्व विद्यालयको दोस्रो वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

बाँके असार १८- लुम्बिनी प्राविधिक विश्व विद्यालयको दोस्रो वार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोख बहादुर महराको अध्यक्षता तथा गण्डकी विश्वविद्यालयका कुलपति प्रध्यापक डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा मंगलबार लुम्बिनी प्राविधिक विश्वविद्यालयको वार्षिक उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोख बहादुर महराले शिक्षामा राजनिति हुन नहुने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिनु भएको छ ।
तीन प्रदेशको केन्द्रको रुपमा लुम्बिनी प्राविधिक विश्व विद्यालय सञ्चालनमा रहेको भन्दै उहाँ उत्पादन हुने जनशक्ति यही नै खपत हुने कुरामा आफु विश्वस्थ रहेको बताउनु भयो । विश्व विद्यालयको सफलताको लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
उक्त अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रध्यापक डा. गणेशमान गुरुङले विश्व विद्यालय प्रदेशको गौरवको आयोजना भएको भन्दै लुम्बिनी प्राबिधिक विश्व विद्यालयले शिक्षालाई ध्यानमा राखेर योजनाका साथ अगाडी बढ्न सुझाव दिदै गौरवको योजनाका रुपमा अगाडि बढ्न आग्रह गनुएको छ ।
यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी विश्व विद्यालयमा उपकुलपति विनोद प्रसाद ढकालले बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी विश्वविद्यालय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको जानकारी दिए ।
उहाँका अनुसार दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापना गरिएको र पाँच वटा विधामा अध्यापन गराइरहेको जानकारी दिनु भएको छ । उहाँले आर्थिक तथा शैक्षिक विनियम पास गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको बताउनु भयो ।
यस विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीले ३ वर्ष अनिवार्य आफ्नै देशमा सेवा गर्नु पर्ने लुम्बिनी प्रदेश सरकारकोे नीति बनाएको समेत उपकुलपति ढकालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!