Close sidebar

सयुक्त यातायातको अध्यक्ष:विश्वकर्मा र उपाध्यक्ष:सोनी निर्वाचित

बाँके:नेपालगन्जमा संचालित सयुक्त यातायात व्यवसायी संघको नेपालगन्जमा भएको प्रथम साधारण सभा एवं अधिवेशन बाट अध्यक्षमा भरत बिश्वकर्मा र उपाध्यक्ष वीर बहादुर सोनी लगाएत सम्पुर्ण पदाधिकारी सर्वसहमत  निर्वाचित हुनुभएको छ।

उक्त प्रथम साधारण सभा एवं अधिवेशन बाट उपाध्यक्ष बिर बहादुर सोनि ,सचिव कृष्ण बिष्ट, सह-सचिब कृष्ण बहादुर ओली, कोषाध्यक्ष लोकेन्द्र खत्री,सदस्यहरू लाल बहादुर खत्री,मनोज बि क, रुद्र बहादुर बुढा,रुद्र बहादुर सार्की,बिर बहादुर बिष्ट र सागर खत्री निर्वाचित भएका छन् ।
त्यसैगरी सल्लाहकार समितिमा देउमल सुनार,सुरत बहादुर खत्री र करण थापालाई नवनिर्वाचित समितिले मनोनीत गरेर सल्लाहकार समितिमा चयन गरेको हो।

Oplus_0

पुस बहादुर खत्रीको संयोजकत्वमा रहेको निर्वाचन मन्डल सदस्य दुल बहादुर थापा,सन्तोष बि क र तिलक शाही सदस्य रहेको निर्वाचन मण्डलले सयुक्त यातायात ब्यवसाय प्रा.लि.का पदाधिकारी एवं सल्लाहकार चयन भएको जानकारी दिएको छ।
सयुक्त यातायात ब्यवसायी संघको तदर्थ समिति अध्यक्ष निरक पोख्रेल,उपाध्यक्ष गोबिन्द राना,सचिव कृष्ण बिष्ट,सह-सचिब करन परियार,कोषाध्यक्ष लोकेन्द्र खत्री,सदस्य दिपेन्द्र प्रकाश बि क तदर्थ समिति रहेको सयुक्त यातायात ब्यवसायी संघ प्रा.लि.सयुक्त यातायात ब्यवसाय संघ.लाई नेपालगन्जमा स्थापित गरेकोले आगामी दिनहरुमा संस्थाको हित र गरिमालाई जोगाउन सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुको हितमा आफ्नो दक्षताले भ्याएसम्म ईमानदार र निष्ठा पुर्बक संस्थालाई नयाँ पहिचान र नयाँ उचाईमा पुर्याउने नवनिर्वाचित अध्यक्ष विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको उपाध्यक्ष वीर बहादुर सोनीले जानकारी दिनुभयो ।

साथै प्रथम साधारण सभा एवं अधिवेशन सम्म सफलता पुर्बक संस्थालाई पहिचान सहित स्थापित गर्न अहोरात्र सहयोग गर्ने संस्थाका पदाधिकारी,शेरधनी भारत नेपालमा रहेका सम्पुर्ण कर्मचारी संस्थाका शुभचिन्तक सल्लाहकार कमिटी निर्वाचन मन्डल, पत्रकार, टिममा आवद्ध सबै प्रा.लि.का अध्यक्ष शेयर सदस्य स्टाफ बस चालक सह चालक कर्मचारी लगाएत सम्पुर्णको आगामी दिनहरुमा समेत निरन्तर साथ सहयोग रहने विस्वास ब्यक्त गर्दै प्रथम साधारण सभा एवं अधिवेशन सफल पार्न भुमिका खेल्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको सचीव कृष्ण बिष्टले जानकारी दिनुभयो ।

सयुक्त यातायात ब्यवसाय संघ.ले नेपालगन्ज भन्सार देखि भारतका विभिन्न शहरहरुमा नेपाली ब्यवसाय एवं कामदार मजदुरहरुलाई सहज र सुलभ यातायातको माध्यम द्वारा विभिन्न गन्तव्यमा पुर्याउने काम गरेका छन् ।
आगामी दिनहरुमा भारतका विभिन्न शहर आवतजावत गर्ने यात्रुलाई अझै यात्रा सहज बनाउन सयुक्त यातायात लागी पर्नुका साथै धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी सिर्जना गर्ने नवनिर्वाचित अध्यक्ष भरत बिश्वकर्माले प्रतिबद्धता जाहेर गर्नुभएको उपाध्यक्ष सोनीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!