Close sidebar

रास्वपा लक्षित एमालेको चुनौति : क–कसको फाइल खोल्ने हो, खोल्नुस्

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन् ।

‘केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नु हुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?’ बर्तौलाले भने । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको टिप्पणी गरे ।

दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेको बर्तौलाको टिप्पणी छ । मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि उनले चुनौती दिए ।

‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस्,’ बर्तौलाले भने, ‘तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नु भएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईंले दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!