Close sidebar

पहिरोले अबरुद्ध बाटो खोल्न फिल्डमा वडा अध्यक्ष:महर

जाजरकोट:नलगाड नगरपालिका १ का युवा वडा अध्यक्षको नेतृत्वमा वडाका कल्पत चिउरी चिउरी पाली जाने सडक बिगत केहीदिन यता लगातार आएको बर्षाका कारण बाढि पहिरो बाट अबरुद्ध सडक खुलाउन वडा अध्यक्ष धर्मेन्द्र महर आफै फिल्डमा खटिएका छन् ।

बर्षाको पानीले गएको पहिरो बाट क्षती भएको सडकका कारण स्थानीयलाई आवतजावत गर्न असहज भएकोले सडक मर्मत गर्न स्वयंम वडा अध्यक्ष महर फिल्डमा गएर स्थानीयले भोग्न परेको सास्ती बाट मुक्त बनाउने अभियानमा जुटेका छन् ।
नलगाड नगरपालिकामा रहेका वडा अध्यक्षहरुको तुलनामा जनसेवामा भिन्न देखिएका वडा अध्यक्ष महरले महाभुकम्प बाट उप मेयर सरिता सिंहको मृत्यु पछि रिक्त रहेको उप मेयरको स्थानमा मेयर डम्बर बहादुर रावतका विस्वासपात्र समेत मानिने वडा अध्यक्ष महरले यश अघि नलगाड नगपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट नगर सभामा प्रस्तुत गर्ने अवसर पाएका थिए।

यतीमात्र हैन जनयुद्धको रणभुमीको नामले प्रख्यात जाजरकोट जिल्लाको बेग्लै पहिचान रहेको छ।यश अघि नलगाड नगरपालिका वडा नम्बर १ का निर्वाचित वडा सदस्य भएकोले समेत जनप्रतिनिधिको भुमिका राम्रोसँग बुझेका धर्मेन्द्र महरलाई दैनिकी वडाको काम गर्न सहज भएको वडा अध्यक्ष महरको भनाई रहेको छ।पुर्बमन्त्री र पुर्ब समन्वय प्रमुख र मेयरको वडामा जोगाउन नसकेको अस्तित्व धर्मेन्द्र महर वडा अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका महर जनताको मर्म र हितको पक्षमा काम गरेकै कारण निर्वाचित भएका उनको वडामा महाभुकम्पले समेत जिल्लामै सबैभन्दा धेरै जनधनको क्षती भएको समय समय समेत सम्यम भएर समस्याको समाधान गर्न सफल भएका वडा अध्यक्ष महर अहिले पनि बर्षाको पानीका कारण भिरालो जमिन पहिरो लडेए चारैतिरका बाटो बन्द भएपछि मेशिन लिएर सफाइ गरेर बाटो खुलाउन स्वयम् अध्यक्ष महर खटिएका छन् ।
उनी भन्छन् पिडा के हो राम्रोसँग बुझेको छु।किनभने प्राकृतिक बिपत्तिले समेत आफ्नो परिक्षा लिएको र धेरै आफन्तलाई गुमाउनुको पिडा आफुले पटकपटक सम्हालिन सिकाएको छ।अब जस्तोसुकै अवस्थामा अहोरात्र जनताको सेवा गर्न पाएकोमा आफ्नो पिडा भुलेको छु। जब जनताको सेवा गरेर बेलुका दिनभरीको समिक्षा गरेर आत्म संतुष्ट हुने गरेको बताउनुभयो ।
यसैगरी आफू निरन्तर जनसेवामा लागि रहने कुनैपनी समयमा समस्या भए आफुलाई र आफ्ना वडा सदस्यहरुलाई निर्धक्क २४ सैं घन्टा फोन सम्पर्क गर्न स्थानीयलाई अनुरोध गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!