शिक्षिका सुश्री रानी सोयामोई… कलेजका विद्यार्थीहरुसँग कुराकानी गर्छिन् । उनीले नाडीमा सामान्य घडी बाहेक कुनै गहना लगाएकी थिइनन्। सबै भन्दा धेरै छात्राहरुलाई आश्चर्य लाग्याे कि, उनले अनुहारमा ‘फेस पाउडर’ पनि लगाएकी थिइनन्।
भाषण अंग्रेजीमा थियो। उनले केवल एक या दुई मिनेट मात्र बोलिन्। तर, उनका शब्दहरु दृढ संकल्पले भरिएका थिए।
पुनः विद्यार्थीहरुले उनलाई प्रश्न गरे।
प्रश्न: तपाईंको नाम के हो?
उत्तरः मेरो नाम रानी हो, सोयामोई मेरो पारिवारिक नाम, थर, हाे। म उडिसाको मूल निवासी हुँ ।… अरु केही सोध्न छ ?
दर्शक दिर्घामा रहेकी एकजना दुब्ली – पातली छात्रा हात उचालेर
खडा भइन्।
रानी सोयामोई: ” सोध, नानी…”
छात्रा: “मैडम, तपाईं किन मेकअप गर्नु हुन्न ?”
शिक्षिकाकाे अनुहार अचानक पहेंलो भयो। उनको निधारमा हल्का पसिना आयो । उनको अनुहारको मुस्कान फिका देखियो। दर्शक अचानक चुप भए।
उनले टेबलमा राखिएको पानीको बोतल खोलिन् र अलिकति पानी पिइन्। त्यसपछि उनले बिस्तारै ती छात्रालाई बस्नका लागि इशारा गरिन्।
तब उनी विस्तारै बोल्न लागिन्…” नानु, तिमीले एउटा व्याकुल बनाउने खालको प्रश्न सोधेकी छौ। यो यस्तो प्रश्न हो, जसकाे उत्तर एउटा शब्दमा दिन सकिदैंन। यसको जवाफमा मैले तिमीलाई मेरो आफ्नै जीवनकाे कथा सुनाउनु पर्ने हुन्छ। मलाई भन कि, मेरो कथा सुन्नका लागि के तिमी आफ्नो बहुमुल्य दस मिनेटको समय निकाल्न तयार छौ ?”
छात्रा: “तयार छु…”
रानी सोयामोई: “ मेरो जन्म उडिसाको एउटा आदिवासी इलाकामा भएको थियो। त्यहाँको कोडरमा जिल्लाको आदिवासी इलाकामा एउटा सानो झुपडीमा म जन्मिएको थिएँ , जुन “ अभ्रख”काे खनिजले भरिएको थियो।
मेरा पिता र माता दुबै खनिक ( खानी खन्ने मजदुर) थिए। मेरा दुई जना दाजु र एकजना सानी बहिनी थिइन्। हामीहरु एउटा निकै सानो झुपडीमा बस्थ्यौं, जुन पानी पर्दा चुहिन्थ्यो। मेरा माता पिता बाध्य भएर त्यहीको खानीमा न्यून ज्यालामा काम गर्नु हुन्थ्यो। किनकि, याे बाहेक, त्यो ठाउँमा अरु कुनै काम पाइँदैन्थियो। यो धेरै फोहोरी काम थियो।
जतिबेला म चार वर्षकी थिएँ, तब मेरा माता पिता र दाजुहरु कुनै विमारीको कारण ओछ्यान पर्नु भएकाे थियो। त्यो बेलामा उहाँ हरूलाई यो थाहा थिएन कि, यो विमारीकाे मूल कारण खानीमा रहेको अभ्रखकाे धुलो फोक्सोमा पुग्नु थियो। “
जब म पाँच वर्षकी थिएँ, त्यही विमारीकाे कारणले मेरा दाजुहरु मरे ।”
( उनको गला अवरुद्ध हुन्छ, वोल्न रोकिन्छ र आफ्नो रूमाल निकालेर आँसु पुच्छिन्।)
” प्रायः हरेक दिन हाम्रो भोजनमा सादा पानी र एउटा या दुई वटा रोटी मात्र हुन्थ्यो। मेरा दुई दाजुहरुले गम्भीर विमारी र भोकको कारणले गर्दा याे संसार छाडेर गए। मेरो गाउँमा डाक्टर त छाडौ, स्कूल पनि थिएन। के तपाईंहरु यस्तो गाउँको कल्पना गर्न सक्नुहुन्छ जहाँ स्कूल, अस्पताल या शौचालय छैन, बिजुली छैन?
एक दिन मेरा पिताले मेरो भोको पेट सँगै हाड र छाला मात्र भएको हात समाउनु भयो र मलाई जस्ता पाताले छोपिएको एउटा ठुलो खानीमा लिएर जानु भयो। यो एउटा त्यस्तो अभ्रखको खानी थियो, जसले समय सँगै धेरै बदनामी कमाएको थियो।”
यो एउटा पुरानो खानी थियो, जसलाई निरन्तर खनिदै आइएको थियो, जुन अन्त्यहीन रुपमा पाताल सम्म फैलिएको थियो। त्यहाँ मेराे काम भनेको सबै भन्दा तलको सानाे सानाे ओडार ( गुफा) हरुमा घस्रिएर हिँड्नु र अभ्रखकाे काँचो धाहु जम्मा गर्नु थियो। यस्तो काम केवल दस वर्ष भन्दा मुनिका बालबालिकाहरु बाट मात्रै सम्भव थियो।”
यो काम सुरु गरेको दिन, मैले मेरो जीवनमा पहिलो पटक पेटभरि रोटी खाएँ। तर, त्यो दिन मलाई उल्टी (वमिट) भयो।
जति बेला म एक कक्षामा हुनु पर्ने थियो, त्यो बेला म अँध्यारो गुफाहरुमा अभ्रख जम्मा गरिरहेकी थिएँ, जहाँ म “विषालु धुलो” मा सास लिइरहेकी थिएँ।
कहिले काहीँ ‘भूस्खलन’(पहिरो ) आएर दुर्भाग्यपूर्ण बालवालिकाहरुकाे मृत्यु हुनु असामान्य थिएन । अनि, कहिले काहीँ ‘घातक विमारी’ बाट पनि मर्ने गर्दथे।
हरेक दिन आठ घन्टा सम्म काम गरे पछि मात्र, तपाईँले कमसेकम भोजनकाे लागि कमाउनु हुन्थ्यो। म भोक र हरेक दिनको विषालु ग्याँस लिनु पर्ने कारणले गर्दा दुब्ली र निर्जलित ( शरीरमा पानी नभएको) भएकी थिएँ।
एक वर्ष पछि मेरी बहिनी पनि खानीमा काम गर्न लागिन्। मेरो पिताजी पनि केही ठीक भएर काम गर्न सुरु गर्नु भयो। यस्तो समय आयो कि, मेरो पिता, माता, बहिनी र म सँग सँगै काम गर्थ्यौ र हामी कमसेकम भोकै बस्न छाडेका थियौं।”
तर, फेरि भाग्यले हामीलाई अर्को तरिकाबाट सताउन थाल्यो। एकदिन, जब म प्रचण्ड ज्वरोको कारण काममा जान नसकेर घरमा नै बसेकी थिएँ, अचानक ठुलो वर्षा भयो। वर्षाले गर्दा खानी भित्र काम गर्ने मजदुर माथि पहिरो जानाले सयकडौं मानिस पुरिएर मरे । त्यसमा मेरो पिता, माता र बहिनी पनि परेका थिए ।
(रानीका दुबै आँखाहरुबाट आँसु बग्न लागे। दर्शकहरु हरेक कोहीले श्वास लिन पनि बिर्सिए। कयौ मानिसहरुका आँखा आँशुले भरिएका थिए)
” यहाँहरुले याद गर्नुपर्दछ, त्याे बेला म मात्र छ वर्षकी थिएँ। आखिरमा म सरकारी अगाती मन्दिर पुर्याइएँ। त्यहाँ मेरो शिक्षा दिक्षा भयो। मैले आफ्नै गाँउमा पहिलो अक्षर-पद्धति सिकेकी थिएँ। अनन्तोगत्वा, यहाँ शिक्षकको रूपमा तपाईँहरुकाे सामुन्ने छु।
तपाईँहरुले सोचिरहनु भएको हाेला कि, यि सबै कुरा र मैले किन मेकअप गर्दिन भन्ने कुराका बीच कस्तो सम्बन्ध छ? ”
( उनले दर्शकहरु तिर हेर्दै भनिन्। )
“आफ्नो शिक्षाकै बेला मलाई अनुभुति भएकाे थियो कि, ति दिनहरुमा, अँध्यारोमा घिस्रिदै मैले जुन सारा अभ्रक भेला गरेकी थिएँ, त्यसको प्रयोग मेकअप उत्पादनमा गरिन्थ्यो। अभ्रख पहिलो प्रकारको मोती जस्तै सिलिकेट खनिज हो। कयौं ठूला ठूला कस्मेटिक कम्पनीहरुद्वारा उत्पादन गरिने मेकअपकाे लागि यो खनिज प्रमुख पदार्थ हो। तपाईंको छालाको लागि सवैभन्दा चम्किलो रङ्ग बहुरङ्गी अभ्रख बाट नै बन्दछ, जसलाई २०,००० जना स-साना बालवालिकाहरुले आफ्नो ज्यान जोखिममा राखेर निकाल्छन्।
गुलाबकाे कोमलता उनीहरु कै जलेका सपनाहरु, उनीहरुकै भत्किएको जीवन र चट्टानहरुका बीच कुल्चिएको उनीहरुको रगत र मासुसँगै तपाईँहरुकाे गालाहरुमा फैलिन्छ। हाम्रो सुन्दरता बढाउन कै लागि, आज पनि त्यो खानीमा स- साना बालवालिकाहरुका हातले उठाएका लाखौं डलर पर्ने अभ्रखको प्रयोग गरिन्छ। ”
अब यहाँहरुले नै भन्नुहोस्। म आफ्नो अनुहारमा कसरी मेकअप लगाऊँ ? म आफ्ना दाजुहरुकाे सम्झनामा पेटभरि कसरी खाऊँ, जो भोकले मरेका थिए ? म आफ्नी आमाको यादमा महंगो रेशमी कपडा कसरी लगाऊँ, जसले सपनामा पनि फाटेको कपडाको बारेमा कहिल्यै सोचेकी थिइनन् ?”
जब रानी मञ्च बाट निक्लिएर गइन्, सारा दर्शक आपसे आप उभिन्छन्, उनीहरुको आँखा भरि आँसु थियो, त्यही पनि ओठमा हल्का मुस्कान छ, गर्वले शिर ठाडो थियो, छाती फुलेको थियो।
(उडिसामा अहिले पनि उच्चतम गुणस्तरको अभ्रक खन्ने कार्य गरिन्छ। २०००० भन्दा अधिक साना बालवालिकाहरु विद्यालय नगई कन त्यहाँ काम गरिरहेका हुन्छन्। त्यहाँ काम गर्ने अधिकांस बालबालिकाहरु कोही भूस्खलन बाट त, कोही रोगको कारणले मरि रहेका छ्न् …)
कयौ वर्ष पछि ….. ती महिला, भारत गणराज्यको पहिलो नागरिक बनिन, महामहिम राष्ट्रपति, श्रीमती द्रौपदी मुर्मु
सामाजिक संजाल बाट साभार
प्रतिक्रिया दिनुहोस्