Close sidebar

सहिद स्मृति भवनमा वृक्षारोपण कार्यक्रम सम्पन्न 

बाँके असार २५, काेहलपुर । पर्यावरणको रक्षा गर्ने उधेश्यका साथ एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत आज सहिद स्मृती भवन कोहलपुर परिसरमा वृक्षारोपण गरिएको छ ।

नेकपा माओवादी केन्द्रको निर्णय अनुसार एक घर ५ बिरुवा वृक्षारोपण गर्ने भन्ने नितीका साथ २०० भन्दा बढि बिरुवा रोपिएको हो ।

अखिल नेपाल बिद्यार्थी संघ र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको छ ।

नेकपा माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, अखिल नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिला सह संयोजक लाल बहादुर खड्का, पार्टी, वाईसिएल एवं बिधार्थि नेता असोक पोखरेल, चन्द्र जिसि, युबराज भण्डारी, बिज्ञान केसि, दान बहादुर वलि, बिधान केसि, मनोज क्षेत्री केन्द्रिय सदस्य लक्ष्मन मानब, सुनिल बटाला, हरेन्द्र बिक प्रेस सेन्टर नेपाल बाँके जिल्ला काेषाध्यक्ष, प्रेस सेन्टर नेपाल कोहलपुर नगरसमिति अध्यक्ष पुष्प राज हमाल, उपाध्यक्ष बिबेक रेग्मि कोहलपुर नगर समिति सदस्य प्रमिला बिक लगायतको सहभागीता रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!