Close sidebar

जन्म दिनको उपहार जीवन बिमा

बाँके असार २६- हिजो आज आफ्नो छोराछोरीको जन्म दिन धेरैले भोज, भतेर, पाटीप्यालेसमा गएर मनाउने गर्छन् ।

छोराछोरीको मागका आधारमा जन्म दिन मनाइने गरिन्छ । तर बाँकेको कोहलपुर १२ चप्पर गौढीका सौगात खड्का र बन्दना खड्काले आफ्नो छोराको ३ वर्षको जन्म दिनको शुभ अवसरमा उपहारस्वरूपमा जीवन बिमा गरिदएका छन् ।

एकछिनको रमाइलो छोडेर भविष्य सुरक्षाको लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कोहलपुरमा २० लाखको जिवन बिमा उपहारस्वरूप दिएका हुन् ।

बीमा पोलिसी हस्तान्तरण गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड को कोहलपुरका एजेन्सी म्यानेजर प्रकाश खडका र शाखा प्रमुख सन्दिप अधिकारीले जन्मदिनको अवसरमा बीमा पोलसी खरिद गरेकोमा धन्यवाद व्यक्त गर्दै सो कार्य अनुसरण योग्य भएको बताए ।

बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको उनको भनाइ थियो ।

बिशेष दिनमा उपहार स्वरुप बीमा पोलिसी दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!