Close sidebar

टपरी उद्योग बाट आत्मनिर्भर बन्दै नलगाडका महिला उद्यमी

नगरपालिका:५,कालिमाटीमा स्थानीय महिलाहरुले मासिक रूपमा रु १ सय रुपैयाँ मासिक बचत बाट प्रती ब्यक्ति शुरु गरेको सिर्जनशील महिला कृषि पशुपालन सहकारी संस्था लि.ले हालै आयआर्जनमा महिलाहरुलाई जोड्न स्थानीय कच्चा पदार्थ स्थानीय श्रोत साधनको प्रयोग गरेर रोजगारी सिर्जना गर्ने उदेश्यका साथ साना लघु उद्यम अन्तर्गत टपरी उद्योग शुरु भएको छ।

नलगाड नगरपालिकमा प्लास्टिकका प्लेट बिस्तापित गर्ने र स्थानीय उत्पादन बन जंगलमा पाईने सालको पात बाट निर्माण गरिने डुना,टपरी र थाली उत्पादन गरेर
स्थानीय नलगाड नगरपालिका भित्र प्लास्टिकका प्लेट बिस्तापित र स्थानीय उत्पादनको प्रयोग गरिने छ।
वातावरणमा असर नपर्ने नष्ट गर्दा प्लास्टिक जस्तो असर नपर्ने भएकोले यसलाई स्थापना गरीएको हो।

अध्यक्ष तारा देबि पुन सदस्य तारा ओली सदस्य धनसरा ओली लगाएत ११ सदस्यीय संकलक समितिले आफुहरुनै उत्पादनमा जोडीनुभएको छ। बिपन्न र बेरोजगार महिलाहरुलाई आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने उदेश्यका साथ प्लास्टिक बाट हुने असर रोक्छ भने अर्कोतिर स्थानीय उत्पादन स्थानीय बजार र स्थानीयको नै अर्थतन्त्र बलियो हुने भएकोले यो टपरी उद्योगलाई सहयोग गरेर मेसिन अनुदान दिएको नगर प्रमुख डम्बर बहादुर रावतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!