बाँके:कोहलपुर नगरपालिका ११ मा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले (दशबिगाहा)नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा योजना साउन १ गतेदेखि लागू हुने गरि शुचारु गरेको छ।
बिगतका बर्षहरुमा स्वास्थ्य बिमा अन्तर्गतका बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको मेडिकल कलेजले गत साउन १५ गतेसम्म सेवा प्रदान गरेको थियो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार निजि स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा योजना सरकारी अस्पतालहरु बाट मात्र सेवा प्रदान गर्ने निर्णय गरे लगतै नेपालका धेरै निजि स्वास्थ्य संस्थाले सेवा बन्द गरेका थिए । मेडिकल कलेजले पनि यसै कारण आफ्नो सेवा बन्द गरेको थियो । पुनः एक बर्षपछि सरकारी अस्पतालहरुमा बिरामीको चाप बडेपछि सेवा प्रदान गर्न तथा निजि स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य पूरा गर्न सेवा पुनः सुचारु गरेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक डा.सुरेश कुमार कनोडियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी दिनहरुमा थप सेवालाई सुधार गरेर नागरिकलाई स्वास्थ्य सेवा सहज प्रदान गर्ने प्रतिबद्धताका साथै नेपाल सरकारले हरेक नागरिकलाई निशुल्क स्वास्थ्य बिमा सेवा प्रदान नगरेतापनी स्थानीय वडा मार्फत निशुल्क स्वास्थ्य बिमा गराउन सके स्वास्थ्यमा सरकारको ठुलो उपलब्धि हुने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्