Close sidebar

सुकुम्बासीलाई सरकारले छिटो लालपुर्जा दिनुपर्छ:अध्यक्ष कार्की

बाँके:कोहलपुर नगरपालिका ११ शान्तिनगरमा सयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा-नेपालको आयोजनामा शनिबार “आफ्नो लागि आफै अघि बढौ अलमलमा नपरौं लालपुर्जा प्राप्तीको महाअभियानमा सबैले हातेमालो गरौं” “नेपाल बसोबासको अभियान,सुकुम्बासी मुक्त राष्ट्र निर्माण”भन्ने मुल नाराका साथ नेपाल बसोबास बस्ती संरक्षण समाज भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

उक्त भेटघाट कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्की उपाध्यक्ष धन कुमारी आले सचीव रेशम गिरी लगाएत शान्तिनगरका अगुवा लगाएत स्थानीयहरुको उपस्थितिमा छलफल सम्पन्न भएको छ। कार्यक्रममा जिज्ञासाहरुको भनाईको जवाफ सहित कार्यक्रमलाई सम्बोधनमा उहाँले संबिधानले ग्यारेन्टी गरेकोले १० बर्षसम्म भोगचलन गरेको जग्गाको स्वामित्व नागरिकलाई दिलाउन पहलकदमी गरेको बताउनुभयो ।
सरकार लाई  कुन लालपुर्जा दिनलाग्नु भएको हो ? सुन को हो कि चाँदीको ? हामीलाई कागजको लालपुर्जा दिनुहोस् भनेर नेपाल सरकारलाई देशलाई सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा नेपाल बसोबास बस्ती संरक्षण समाज लागि परेको सम्पुर्ण राजनैतिक दल सरोकारवाला निकाय सरकारसँग दबाब दिने काम गरिरहेको बताउनुभयो ।
बसोबास गरेका नागरिकहरुलाई स्थायी समाधान गर्न सहमति र सहकार्य गरेर समस्याको समाधान गर्नुपर्ने बताउँदै युरोप अमेरीका गएका नेपालीले ५ बर्षपछि नागरिकता प्रदान गर्छ। हामीले जग्गाको स्वामित्व दिनुपर्ने जोड दिनुभयो । फास्ट ट्रयाकमा लालपुर्जा बितरण गर्न १२ लाख घरधुरी र ७० लाख जनसंख्या एकैपटक जुरुक्क उठ्याे भने सरकारको के होला कोई पनि नागरिक कुनैपनी पार्टी धर्म आस्था परिवर्तन नगरेर सुकुम्बासीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।
उदेश्य एउटा मात्र छ जस्ले जुन ठाँउमा बसोबास गरेको छ त्यो जग्गाको स्वामित्व प्रदान गर्न २२ वटा विभिन्न संगठनको साझा संगठनको नेतृत्व सधैं सुकुम्बासीहरुको साथमा भएको प्रतिबद्धता जाहेर गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!