Close sidebar

जन्मदिनमा युवराजले गरे बालबालिकालाई सहयोग

बाँके:बैजनाथ गाउँपालिका ५ निवासी युवराज रावतले आफ्नो जन्मदिनको अवसरमा सभ्यताको घर बाल आश्रम बैजनाथ ३ मा बस्दै आएका अभिभावक बिहिन बालबालिकाहरुलाई खाद्यान्न लता कपडा हस्तान्तरण गरेर जन्मदिन मनाएका छन् ।

सायद नै यसरी आफ्नो जन्मदिनको अवसरमा अरुलाई सहयोग गर्छन् बरु तारे होटेलहरुमा गएर पार्टी गर्ने युवा जमातहरुका लागि रावतको यो नमूना कार्यले केही सिकाएको छ : बरु आफू भन्दा न्यून बर्ग लाई केही सहयोग गरेर जन्मदिन मनाउने यी युवा युवराज रावतले फजुल खर्च गर्नु भन्दा उपयुक्त उपाय खोजी गरेर यस्तो पुन्य काम गरेका हुन् ।

युवराजको उमेर का युवाहरूले साथिभाई सहित तारे होटेल तथा महङ्गा कफिसप रेस्टुरेन्टमा खर्च गर्ने रकम लाई सहि सदुपयोग गरेर अभिभावक बिहिन बालबालिकालाई १२ जोडी कपडा २ थान पलङ्ग ५ जोडी बिस्तरा सेट लगाएत लड्डु बालबालिकालाई बाडेर जन्मदिन मनाएका हुन् ।

समाजमा यस्तै सकारात्मक सोचका साथ युवाहरूलाई प्रोत्साहन गर्न आवश्यक छ भने सबैले समाज लाई सहि दिशा दिन यस्ताखाले सकारात्मक काम गर्न जरुरी छ। सकारात्मक काम गर्ने यस्ता युवा उदाहरणिय कार्य गरेकोमा बधाईका पात्र मात्र नभएर समाजले यस्ता युवाहरुको सिकाई समेत गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!