
बाँकेः बैजनाथ गाउँपालिका ६ स्थित बैजनाथ गाउँपालिका स्तरीय खेलमैदानमा बुधबार न्यु जर्नी युथ क्लबको आयोजनामा भएको नवौं खुल्ला फुटबल प्रतियोगीता सुरु भएको छ ।
बुधबार भएको खेलमा आयोजक र रियल स्टार युवा क्लब बैजनाथ २ कलरामपुर बीचमा प्रतिस्पर्धा भएको थियो । खेलमा बराबर भएपछि पेनाल्टी सुटआउट मार्फत आयोजक न्यु जर्नी युथ क्लबले जित हासिल गरेको छ।
उक्त उदघाटन समारोहमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय खेलकुद विकास समिति संघ सहकार्य गरेर अगाडि बढ्न आयोजकलाई आग्रह गर्दै स्थानीय सरकार जनताको साथमा भएको बताए । उनले पर्यटन शिक्षा तथा खेलकुद कृषि र स्वास्थ्यमा बिशेष योजना सहित काम गरिरहेको अध्यक्ष शाहीको भनाई रहेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा बिश्वकर्मा देब बहादुर के सी,देब बहादुर खत्री,नन्द विश्वकर्मा,वडा नम्वर ६ वडा अध्यक्ष भुपाल पुन मगर , २ वडाध्यक्ष राजु रुचाल , ३ वडाध्यक्ष निखिल बैगार, ६ वडा सदस्य सुरेन्द्र बहादुर थापा, ईन्द्रा भण्डारी ,खुशिराम थारु र पानसरा सुनार को पनि सहभागिता रहेको थियो । बैजनाथ खेलकुद बिकास समिति संयोजक लाल बहादुर थारु, समाजसेवी चन्द्रवीर कामी , निवर्तमान वडाध्यक्ष भद्र बहादुर बस्नेत लगायत स्थानीयबासीहरु सहभागीता रहेको थियो ।
खेलकुद मैदान सँगै स्थानीय युवाहरुलाई विभिन्न खेलकुदमा सरिक बनाउनुको साथै प्रदेशको गौरवको योजना मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डनमा बिशेष स्थानीय सरकारले अपनत्व लिएर संरक्षण गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नेकपा एमाले प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा ले बताए। क्लवका कावा अध्यक्ष दुर्गाबहादुर ओलीले स्थानीय सरकार सहयोग सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै आयोजित खेलकुद प्रतियोगितामा १४ समुह दर्ता भएको जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगत रु १ लाख ५ हजार र द्वितीय हुने टिमले ६५ हजार नगत सहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने छ। उद्घाटन कार्यक्रम न्यु जर्नी युथ क्लबका सचीव सुमन विश्वकर्माले संचालन गरेको खेल एवं प्रशिक्षक संयोजक भक्त बहादुर बोहराले बताए।
प्रतिक्रिया दिनुहोस्