
शान्ति सुनार
६ पुष,नेपालगञ्ज।राष्ट्रिय दलित पत्रकार संघ नेपाल ,लुम्बिनी प्रदेशकाे अध्यक्षमा बाँकेका टेकेन्द्र बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बाँकेकाे नेपालगञ्जमा सम्पन्न दाेस्राे प्रदेश अधिवेशनबाट बस्यालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा प्युठानका लाेकेन्द्र सुनार पाल्पाका कृष्ण दर्नाल र रोल्पाका भरत नेपाली उपाध्यक्षमा निर्वाचित भएका छन् ।त्यस्तै सचिवमा अर्घाखाँचीका अनिल नेपाली,सह–सचिवमा रुपन्देहीका विवेक विश्वकर्मा र दाङका अरुण कुमार नेपाली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा बाँकेका विधुत्मा रैका निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा रुपन्देहीका जगलाल नेपाली,नवलपरासीका सित्मति रैदास,कपिलवस्तुका राम बहादुर गन्धर्व, बर्दियाका राहुल विश्वकर्मा, कपिलवस्तुका रामसरण रैदास र बाँकेका अनिता नेपाली निर्वाचित भएका छन् । गुल्मि र रुकुम पुर्वबाट १/ १ जना सदस्य आगामी पुर्ण बैठकमा मनोनीत गर्ने गरि १६ सदस्यीय नयाँ कार्य समिती निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक भीम घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्