
बाँके: प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट निरज सिंहको अध्यक्षतामा ११ सदस्यीय नगर कार्य समिति चयन गरिएको छ । सर्वसहमतिमा चयन गरिएको समितिको उपाध्यक्षमा प्रमिला विश्वकर्मा,सचिवमा शान्ति सुनार चयन भएका छन् । यस्तै सह–सचिवमा राजकुमार सञ्ज्याल र कोषाध्यक्षमा मनवीर परियारलाई चयन गरिएको छ ।
नगर समितिको सदस्यहरुमा मिना रावल,प्रतिभा शाही,दिलिप बाठा,सुर्य तिवारी र दिपेन्द्र खड्का चयन भएका छन् । कोहलपुर नगर समितिको दोस्रो नगर अधिवेशनको नेकपा (माओवादी केन्द्र ) बाँकेका संयोजक नरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै संयोजक पाण्डेले प्रेस सेन्टर नेपालले समाज रुपान्त्रणमा उल्लेख्य भूमिका खेलेको बताए । उनका अनुसार आगामी दिनमा पनि सेन्टरले समतामूलक समाज निर्माणको लागि शसक्त रुपमा अघि बढ्नेमा विश्वास व्यक्त गरे ।
उक्त अवसरमा बोल्दै प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्लेले नगर समितिले यसअघि उत्कृष्ट कार्य गरेको भन्दै आगामी दिनमा पनि राम्रोसँग काम गर्न सुझाव दिएका थिए । उक्त अवसरमा नेकपा (माओवादी केन्द्र ) कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्का, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेका राजेश आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी,प्रदेश सदस्य निर्मल आचार्य र प्रेस चौतारी नेपालका कोहलपुर नगर सचिव रवि रोकाय लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा नगर समितिलाई मार्गदर्शन गर्नको लागि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रदीप प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य र उपाध्यक्ष संगीन शर्मा र जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी, प्रदेश सदस्य निर्मला आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका प्रदेश पार्षद रवि रोकाया र संगीन शर्मालाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्