Close sidebar

कोहलपुरमा युवा सम्मेलन गर्दै रमेश वर

बाँके:कोहलपुर नगर स्तरीय युवा क्लब संजालले आगामी फागुन ३ -५ गतेसम्म कोहलपुर युवा सम्मेलन एवं युवा महोत्सव २०८१ गर्न थालेको कोहलपुर युवा क्लब संजाल अध्यक्ष रमेश वरले जानकारी दिनुभयो ।

संघीयता पछिको पश्चिम नेपालमा यो पहिलो अभ्यास पनि हो। कोहलपुर युवा सम्मेलन तथा युवा महोत्सव २०८१ आयोजना गरिने भएको छ।

कोहलपुर नगर स्तरीय युवा क्लब संजालले गर्न थालेको ऐतिहासिक युवा युवा महोत्सवको लागि कोहलपुर लगाएत आसपासका १० हजार युवाहरुको उपस्थितिमा यो कार्यक्रम गर्न थालिएको हो।

युवाका मुद्दाहरुमा सम्बाद गरिने, युवाका लागि शैक्षिक केन्द्र निर्माणमा सहयोग कला तथा संस्कृति संरक्षण,शैक्षिक बिज्ञान सामाग्री प्रदर्शन,भाषण तथा नृत्य प्रतियोगिता लगाएत युवा लक्षित कार्यक्रम गरिने आयोजक कोहलपुर नगर स्तरीय युवा क्लब संजाल अध्यक्ष रमेश वरले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!