Close sidebar

३४औं प्याब्सन दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

बाँके:कोहलपुर नगर स्तरीय प्याब्सन कोहलपुर नगर कमिटी अध्यक्ष रमेश के सी को अध्यक्षतामा नगर कमिटीले बिहिवार आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमका लागि कोहलपुर नगरपालिका भित्र संचालन रहेका प्याब्सनमा आबद्ध विद्यालय बन्द गरेको आयोजकले जानकारी दिएको छ।
निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को ३४औं दिवसको अवसरमा बिहिवार प्याब्सनना आबद्ध कोहलपुर क्षेत्रका २८ विद्यालय बन्द गरेर शैक्षिक संस्था बन्द गरेर प्याब्सन दिवस मनाउने भएको हो।

बिहीबार कोहलपुर प्याब्सन नगर कमिटीले गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको प्याब्सन लुम्बिनी प्रदेश कमिटी सदस्य शिव प्रसाद डाँगीले जानकारी दिनुभएको छ।

शैक्षिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न ब्यक्ति एवं संस्थालाई नगत सहित सम्मान गरेको छ।खजुरा गाउँपालिका ३ स्थित रहेको जेनिथ बोर्डिङ हाई स्कुल खजुरामा हुने प्याब्सनको कार्यक्रममा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट शिक्षक सम्मान डाँगीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!