
बाँके:बैजनाथ गाउँपालिका बाट प्रवाह गरिने सेवा बारे नागरिकलाई रामपुर खुल्ला मन्चमा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ।
उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्ष रुप बहादुर मल्ल,राजु रुचाल,निखिल बैगार,प्रेम बहादुर शाही,देब बहादुर रावत,भुपाल पुन मगर,दिनेश कुमार थारु,भग्गन थारु प्रमुख प्रशासकीय अधिकृत लगाएत शाखा प्रमुखहरुले जवाफ दिएका थिए।
बैजनाथको स्थानीय सरकारले प्रवाह गरेको सेवा सम्बन्धि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले प्रगति प्रतिवेदन पढेर के के कार्यप्रगती भएको बारे जानकारी दिनुभएको थियो।
सार्बजनिक सुनुवाईमा उपस्थित सहभागीहरुले सेवा प्रवाह बारे उठाएका विभिन्न प्रश्नहरुको स्थानीय सरकारवालाको तर्फबाट जवाफ दिईएको सूचना अधिकृत तप्तराज आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्