
बाँके:बैजनाथ गाउँपालिका ६ स्थित रहेको श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुर ११ बाँकेले सेवा केन्द्र सम्झनामा १५ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बसन्ती सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त १५ औं साधारणसभाको प्रमुख अतिथि बैजनाथ गाउँपालिका ६ का वडा अध्यक्ष भुपाल पुन मगर बिशिस्ट अतिथि लुम्बिनी प्रदेशको सहकारी संस्था लि का उपाध्यक्ष एकता शाह बैजनाथ ६ का वडा सचीव निम बहादुर थापा,युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कर्जा असुली सहजकर्ता बाँकेका नितेश शर्मा,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री,नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य भागीलाल विश्वकर्मा,राष्ट्रिय जनमोर्चा नेपाल बाँके जिल्ला सह-सचीव मन बहादुर सुनार,नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य एवं युवा समाजसेवी यज्ञ पुन मगर,प्रहरी चौकी सम्झना ईन्चार्ज बिष्णु के सि,अस्थायी ट्राफिक पोस्ट सम्झना ईन्चार्ज रमेश राज पौडेल,नेपाल कृषि सहकारी संस्था लि.का प्रमुख प्रबन्धक द्रोण शाही लगाएत संस्थाका संचालक पदाधिकारी शेयरसदस्य कर्मचारी साधारण सदस्य पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रम सहभागी सबैलाई स्वागत गर्दै मुख्य प्रबन्धक दिपक कुमार राईले कोरोना कहर जस्तो महामारीले थिलोथिलो पर्दा समेत आफ्ना सदस्यहरुलाई निरन्तर सेवा दिंदै आएको छ।आगामी दिनहरुमा संस्थालाई उत्कृष्ट बनाउन नसके पनि आवद्ध सम्पुर्ण शेयरसदस्यहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्य रहेको बताउँदै प्रबन्धक राईले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।
सहकारीका सचीव प्रकाश बहादुर शाहले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। श्री रारा बहुउदेश्य सहकारी संस्थाले हाल सम्म १ करोड ५२ लाख ४० हजार ४ सय ६५ रुपैया लगानी गरेको छ । त्यसै गरी संस्थाको कूल शेर पुँजी ४० लाख ७५ हजार रहेको छ। सेवा केन्द्र सम्झनाको खुद मुनाफा रु ३२ हजार ६ सय ३८ रहेको छ भने कूल बचत ३ करोड २८ लाख ३४ हजार १ सय ५६ रहेको सचीव शाहले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष भुपाल पुन मगर लगाएत सभाध्यक्ष बिशिस्ट अतिथिहरुले सयुक्त रूपमा पानसमा दियो बालेर कार्यक्रम समुद्वाटन गर्नुभएको थियो।
शुभकामना मन्तब्य राख्ने क्रममा बिशिस्ट अतिथि बैजनाथ ६ का वडा सचीव निम बहादुर थापाले स्थानीय स्तरमा सहकारीले गरेको लगानीले स्थानीयलाई सहयोग पुगेको आगामी दिनहरुमा वडा बाट हुने समन्वय गर्नुका साथै १५ औं साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
बिशिस्ट अतिथि युवा समाजसेवी एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य यज्ञ पुन मगरले बिगतदेखि नै आफुले निरन्तर संस्थालाई सहयोग गरेको र आगामी दिनहरुमा समेत आफ्नो ब्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट सहयोग गर्न तयार रहेको भन्दै संस्थाले आगामी दिनहरुमा आफ्नो सेवा अझै राम्रो बनाउँदै लैजान शुभकामना ब्यक्त गर्नुका साथै संस्थाले सामाजिक कार्यमा समेत अग्रसर भएको र कृषि उत्पादनमा समेत जोड दिएको बताउँदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
बिशिस्ट अतिथि भागीलाल विश्वकर्माले लघुबित्तको तुलनामा सहकारी जनतामुखि र शेयरसदस्यहरुको हितमा काम गर्ने भएकोले स्थानीय सरकारले समेत सहकारीहरुसँग सहकार्य गरेर उत्पादनमुखि कार्य गर्न गर्न स्थानीय सरकार प्रमुख अतिथिलाई ध्यानाकर्षण गराउदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
शुभकामना ब्यक्त गर्दै युवा तथा साना,ब्यवसायी स्वरोजगार कोष कर्जा असुली सहजकर्ता नितेश शर्माले श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि.लाई स्वरोजगार कोषको शौलियत कर्जा लगानी गरेको बताए। बिगतमा स्वरोजगारले लगानी गरेको र आगामी दिनहरुमा समेत कृषकहरुका लागी शौलियत कर्जा प्रवाह गर्न संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता सहित साधारणसभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सहकारी संस्था लि.उपाध्यक्ष एकता शाहले रारा बिजय बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र बैजनाथका ९ सय शेयरसदस्यहरुलाई आवश्यकता अनुसार विभिन्न ब्यापार ब्यवसाय लघु उद्यम कृषि पशु पालन कुखुरा पालन निम्न स्तरका शेयर सदस्यहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने काम गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । पछिल्लो समय विभिन्न स्थान बाट आएका सहकारीहरुले शेयरसदस्यहरुलाई विभिन्न प्रलोभन देखाएर आर्थिक संकलन गरेर हिनामिना गरेर ईमानदार स्थानीय सहकारीलाई समेत काम गर्न असहज बनाएकोले शेयर सदस्यहरुले स्थानीय सहकारीमा नै शेयर सदस्य बनेर आफ्नो लगानी सुरक्षीत गर्न अनुरोध गर्दै शेयर सदस्यहरुको हित हुने गरी सहकारी सिद्वान्त अनुसार रातदिन नभनी कडा परिश्रम गरेर संस्थालाई सफलता पुर्बक १५ औं साधारण सभा सम्म सफलता पुर्बक अवतरण गरेकोमा मुख्य प्रबन्धक दिपक कुमार राई लगाएत सम्पुर्ण कर्मचारी संचालक समिति लाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। लुम्बिनी प्रदेश सहकारी संघ लि.सधैं सहकारीहरुको पक्षमा भएको र आवश्यक सल्लाह सुझाव समन्वय गर्न प्रदेश सहकारी संघ तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रमुख अतिथि वडा अध्यक्ष भुपाल पुन मगरले कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथको सम्झनामा सेवा केन्द्र स्थापना गरेर सफलता पुर्बक ४ बर्ष पुरा गरेकोमा सहकारी परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।बैजनाथका ९ जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएर ९ सय सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएकोमा स्थानीय वडा बाट हुने सहयोग सहकार्य गरेर सम्झना बजारमा कृषि हाट बजार संचालन गर्न स्थानीय सरकारले छलफल अगाडि बढाएको र यसरी नै स्थानीय जनतालाई सेवा प्रवाह गर्ने उदेश्य लिएकोले सहकारी संस्थाहरूसँग साझेदारीमा काम गर्न स्थानीय सरकार तयार रहेको समेत बताउनुभयो । कृषि,पशुपालन,कुखुरा पालक र माछा पालक किसानहरुलाई सहकारीले शौलिएत ऋण उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो । बैजनाथलाई कृषिमा आत्मनिर्भर बनाउन बजारीकरण गर्न सहकारी राम्रो माध्यम बन्न सक्ने भएकोले सहकारीसँग हातेमालो गरेर अगाडि बढ्न आवश्यक प्राविधिक र अन्य सहकार्य गर्न स्थानीय वडा सरकार तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
अन्तमा कार्यक्रमका सभाध्यक्ष बसन्ती सिंह ठकुरीले उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथि शेयरसदस्य कर्मचारी सुरक्षाकर्मी पत्रकार सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।सेवा केन्द्र बैजनाथको सभाहलमा सहकारीको १५ औं बार्षिक साधारणसभा सफलता पुर्बक सप्पन्न भएको छ। प्रमुख अतिथि बिशिस्ट अतिथि पत्रकार लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो।श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रेस सल्लाहकार कुशल दलामीले कार्यक्रम संचालन गर्नुभएको सेवा केन्द्र प्रमुख बिना थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्