
बाँके:कोहलपुर नगरपालिकाले तिलगंगा आँखा अस्पतालको सहकार्यमा नि:शुल्क आँखा स्क्रिनिङ तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा १,६०० भन्दा बढीको आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो भने ४४२ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
नगरपालिकाले पहिलो पटक यति धेरै संख्यामा एकैपटक निःशुल्क चेकजाँच, औषधि वितरण तथा शल्यक्रिया सेवा प्रदान गरेको हो। बिरामीहरूको सुविधाका लागि खानपानदेखि घरसम्म पु-याउने व्यवस्था समेत गरिएको थियो।
कोहलपुर नगरपालिकाले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु-याउने प्रतिबद्धता व्यक्त गरेको छ। नगर प्रमुख तथा स्वास्थ्य विभागका प्रतिनिधिहरूले तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक टोली, नगर स्वास्थ्यकर्मीहरू तथा जनप्रतिनिधिहरूलाई सफल कार्यक्रम सम्पन्न गर्नुभएकोमा हार्दिक आभार प्रकट गरेका छन्।
शल्यक्रिया गराएका सम्पूर्ण बिरामीहरूको लागी नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता जनकल्याणकारी स्वास्थ्य सेवाहरू निरन्तर सञ्चालन गर्ने मेयर पुर्ण प्रसाद आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्