Close sidebar

युनाइटेड क्रिकेट क्लबले तेस्रो स्व. वीरेन्द्र स्मृति कपको उपाधि उचाल्यो

कोहलपुर, १९ फागुन – कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति खुला क्लबस्तरीय टि–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाइटेड भिजन क्रिकेट क्लब कोहलपुर ले उचालेको छ।

फाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीलाई ६८ रनले पराजित गर्दै युनाइटेड भिजन क्रिकेट क्लबले प्रतियोगिताको ताज जितेको हो। फागुन १५ गतेबाट सुरु भएको यो प्रतियोगिता मंगलबार समापन भयो।

फाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको युनाइटेड भिजन क्रिकेट क्लब कोहलपुरले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो।
युनाइटेड भिजनका लागि –निर्मल गुरुङले सर्वाधिक २९ रन बनाए,प्रणित थापाले २५ रन,अनिमेष शाहीले २४ रन जोडेर महत्त्वपूर्ण योगदान दिए।बलिङतर्फ नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्रीले ३ विकेट र कवि बमले २ विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याउँदै आएको नेशनल क्रिकेट एकेडेमी लम्की १९.५ ओभरमा मात्र ९५ रनमै अलआउट भयो।लम्कीका लागि आशिष लोहारले सर्वाधिक २४ रन र कवि बमले १६ रन बनाए।युनाइटेड भिजन क्रिकेट क्लबका सुजात हुसेनले ४ विकेट र सुनिल सुनारले २ विकेट लिए सुजात हुसेन प्लेयर अफ द म्याच घोषित भए।

बेस्ट ब्याटर – क्षितिज थापा मगर (युनाइटेड भिजन कोहलपुर)बेस्ट बलर – सुनिल सुनार (युनाइटेड भिजन कोहलपुर)प्लेयर अफ द सिरिज – निर्मल गुरुङ (युनाइटेड भिजन कोहलपुर)उदीयमान खेलाडी – हेमन्त क्षेत्री (नेशनल क्रिकेट एकेडेमी लम्की)

युनाइटेड भिजन क्रिकेट क्लब कोहलपुरलाई १ लाख ५० हजार नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरियो।उपविजेता नेशनल क्रिकेट एकेडेमी लम्कीले ७० हजार नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।

समापन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी प्रमुख अतिथि रहिन्। उनले युवाहरुलाई खेलकुदमा संलग्न गराउँदै समाजलाई सकारात्मक दिशातर्फ डो-याउनु महत्त्वपूर्ण रहेको बताइन्।उनले प्रतियोगिताको निरन्तरताका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव लैजाने प्रतिबद्धता जनाइन्।

स्व. वीरेन्द्र शाही क्रिकेटप्रेमी एवं अब्बल अलराउन्डर खेलाडी थिए। उनको सम्झनामा युनाइटेड भिजन क्रिकेट क्लब कोहलपुरले यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!