
जाजरकोट । कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित नलगाड नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा बुद्धिबहादुर गुरुङलाई अध्यक्ष चयन गरेको छ।
नयाँ नगर समितिमा वरिष्ठ उपाध्यक्ष प्रचण्ड ओली, उपाध्यक्ष जनक शाही र वीरबहादुर खड्का, सचिव दीपक नेपाली, कोषाध्यक्ष रूपाकुमारी ध्यार र सहसचिव सुरेश बिक चयन भएका छन्।
४८ सदस्यीय नगर समिति गठन गरिएको यस अधिवेशनले स्थानीय विकास र पार्टी संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको जिल्ला संयोजक टेक बहादुर रावल (दर्शन)ले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्