Close sidebar

सनराइज स्कुलद्वारा क्यान्सर पीडित  खड्कालाई सहयोग

कबिन्द्र परियार/कोहलपुर, २३ फागुन

बाँकेको राप्तीसोनारी गाउँपालिका–९, महादेवपुरी सनराइज ई.मी. स्कूलले क्यान्सर पीडित बिर्मी खड्काको उपचारका लागि १८ हजार ५५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयले ४७ वर्षीया खड्काको उपचारका लागि उक्त सहयोग रकम संकलन गरेको हो। विद्यालयका संस्थापक प्रिन्सिपल सागरदत्त गौतमले शुक्रबार पीडितका श्रीमान् मेघराज खड्कालाई सो रकम हस्तान्तरण गर्नुभएको थियो।

सहयोग हस्तान्तरणपछि प्रिन्सिपल गौतमले अप्ठ्यारोमा परेका व्यक्तिलाई मद्दत गर्नु मानवीय दायित्व भएको बताउँदै विद्यालयको तर्फबाट सक्दो सहयोग गरिएको उल्लेख गर्नुभयो। साथै, सबैलाई सकेसम्म सहयोग गर्न आग्रह गर्नुभयो।विद्यालयले विद्यालयका कर्मचारी तथा शिक्षकहरूबाट – ४,००० रुपैयाँ विद्यार्थीहरूबाट – ४,४४५ रुपैयाँ विद्यालयका संस्थापक प्रिन्सिपल सागरदत्त गौतमबाट – १०,१०५ रुपैयाँ प्रदान गरेका हुन् ।

बिर्मी खड्कालाई सुरुमा पाठेघरमा क्यान्सर देखिएको थियो, तर उपचारको क्रममा क्यान्सर आन्द्रासम्म फैलिएर  हालसम्म ३ पटक शल्यक्रिया भइसक्यो। करिब ८ लाख रुपैयाँ खर्च भइसकेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

खड्काको परिवारका अनुसार थप उपचारका लागि लाखौं रुपैयाँ आवश्यक छ। घरजग्गा धितोमा राखिएकाले बेच्न नमिल्ने अवस्था छ। जसले गर्दा थप आर्थिक संकट निम्तिएको छ। हाल उहाँको उपचार बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा भइरहेको छ।

खड्काको परिवारले समाजका दयालु मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेको छ। इच्छुक व्यक्तिहरूले निम्न बैंक खातामा सहयोग गर्न सक्नुहुन्छःखातावाल: टेक बहादुर खड्का (छोरा) खाता नं: 10010901181888000001बैंक: गरिमा विकास बैंकसम्पर्क नं: 9848086123 समाजका सबैलाई बिर्मी खड्काको जीवनरक्षाका लागि सहयोग गर्न परिवारले याचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!