Close sidebar

प्रथम जी गाउँ कपमा: प्रेम नगर, न्यु जर्नी र एभरेष्ट क्वाटर फाइनल प्रवेश

बाँके:बैजनाथ गाउँपालिका ५ प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा”लागू औषध लाई दुरुत्सान,खेलकुदलाई प्रोत्साहन”भन्ने मुल नाराका साथ अरनिको युवा क्लब द्वारा आयोजित प्रथम खुल्ला जी गाउँ कप:२०८१ बुधबार सम्पन्न खेलहरूमा रोमाञ्चक नतिजा प्राप्त भएका छन्।
बिहानको खेल:प्रेम नगर युवा क्लब, कोहलपुर र बौद्ध युवा क्लब, पितमारीबीचको खेलमा प्रेम नगर युवा क्लबले शानदार प्रदर्शन गर्दै ७-१ को फराकिलो अन्तरले जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो।

दिउँसोको पहिलो खेल:न्यु जर्नी युथ क्लब, लालपुर र सि युवा क्लब, नेपालगन्जबीचको प्रतिस्पर्धामा न्यु जर्नी युथ क्लबले ४-० को एकतर्फी जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
दिउँसोको दोस्रो खेल:एभरेष्ट मल्टीपल एकेडेमी, कोहलपुर र स्ट्रोङ ब्वाय एफसी, सल्यानबीच भएको प्रतिस्पर्धात्मक खेलमा एभरेष्ट मल्टीपल एकेडेमीले ४-१ को जित हासिल गर्दै अन्तिम आठमा प्रवेश गर्यो।

आगामी क्वाटरफाइनल खेल:शुक्रबार बिहान ८:०० बजे पहिलो क्वाटरफाइनल खेल भगवती स्पोर्ट्स क्लब, हसनापुर र भिलेज एफसी, राँझाबीच हुने सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिनुभएको छ।

फागु पुर्णिामाको अवसरमा दिउँसो विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने गंगाराम पुन मगरले जानकारी दिए।

यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै स्थानीय खेलकुदको विकासमा योगदान पुर्याउने क्लबका सचिव राकेश दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!