
बाँके:बैजनाथ गाउँपालिका ६ सम्झना स्थित रहेको श्री सरस्वती ई.मि.माध्यमिक विद्यालयको २५औं वार्षिक उत्सवको अवसरमा विद्यालय परिवारले नीलसागर सेवाआश्रम, नेपालगन्जलाई लत्ताकपडा, खाद्य सामग्री तथा आर्थिक सहयोग प्रदान गर्दै सामाजिक उत्तरदायित्व बहन गरेको छ।
विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको सामूहिक प्रयासबाट रु २०,८७१ संकलन गरिएको थियो। सो रकमबाट रु १५,७०६ बराबरको खाद्यान्न तथा लत्ताकपडा र रु ५,१६५ नगद सहयोग प्रदान गरिएको छ।
विद्यालयका शिक्षक कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरू स्वयंम आश्रममा पुगेर सहयोग हस्तान्तरण गरेका थिए। यस अवसरले विद्यार्थीहरूलाई सेवाभाव, दया, सहानुभूति तथा सामाजिक उत्तरदायित्वबारे गहिरो ज्ञान दिलाएको छ।
विद्यालय परिवारले सहयोगका लागि सबै दाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै ‘सहयोग नै सबैभन्दा ठूलो सेवा’ भन्ने भावना प्रसार गर्दै आगामी दिनमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिने विद्यालयका संचालक कृति खड्काले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्