
नेपालगन्ज । नेकपा माओवादी केन्द्रले जाजरकोटका सात स्थानीय तहहरुमध्ये पाँचको अधिवेशन सम्पन्न गरेको छ। पार्टीको जागरण अभियानअन्तर्गत सुरु गरिएको पालिका अधिवेशन अन्तिम चरणमा पुगेको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं युवा नेता रामदीप आचार्यका अनुसार अब बाँकी रहेका छेडागाढ नगरपालिका र शिवालय गाउँपालिकाको अधिवेशन केही दिनभित्र सम्पन्न हुने बताएका छन्।
उनका अनुसार पालिका अधिवेशनसँगै आयोजित खबरदारी सभा प्रभावकारी भएका छन्। पार्टी संगठन सुदृढ हुँदै गएकाले अन्य दलका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रप्रति आकर्षित भइरहेको उनको दाबी छ। पार्टीभित्र निष्क्रिय रहेका कार्यकर्ताहरु पनि पुनः सक्रिय हुँदै संगठन निर्माणमा लागिपरेको उनले बताए।
कुन पालिकामा कसको नेतृत्व चयन भयो?
१. नलगाढ नगरपालिका:
- अध्यक्ष: बुद्धिबहादुर गुरुङ
- उपाध्यक्ष: प्रचण्ड वली, जनक शाही, बीरबहादुर खड्का
- सचिव: दीपक नेपाली
- सहसचिव: सुरेश विश्वकर्मा
- कोषाध्यक्ष: रुपा ध्यार
- कुल सदस्य: ४७
२. भेरी नगरपालिका:
- अध्यक्ष: दीपक बस्नेत
- उपाध्यक्ष: भिबहादुर खत्री, लक्षुदेवी जैसी, रङ्गविर नेपाली
- सचिव: दीपक खत्री
- सहसचिव: शम्भु मल्ल
- कोषाध्यक्ष: तिलकबहादुर वली
- कुल सदस्य: ४७
- कुशे गाउँपालिका:
- अध्यक्ष: हरिचन्द्र जैसी
- उपाध्यक्ष: विकास रोकाया, गोरखाबहादुर नेपाली, प्रेमजंग शाही
- सचिव: चन्द्रिका रोकाया
- सहसचिव: धनबहादुर सिंह
- कोषाध्यक्ष: गोरखबहादुर सिंह
- कुल सदस्य: ४५
- जुनीचाँदे गाउँपालिका:
- अध्यक्ष: जयबहादुर घर्ती
- उपाध्यक्ष: भिबहादुर बस्नेत, अम्बिका खड्का, धर्मराज बस्नेत
- सचिव: सार्की रावत
- सहसचिव: कालीबहादुर शाही
- कोषाध्यक्ष: विमला शाही
- कुल सदस्य: ४५
- बारेकोट गाउँपालिका:
- अध्यक्ष: धनबहादुर नेपाली
- उपाध्यक्ष: बसन्त शाही, धनबहादुर बोहरा, रतन विक
- सचिव: दलबहादुर बुढा
- सहसचिव: धुर्व शर्मा
- कोषाध्यक्ष: पवित्रा रावत बोहरा
- कुल सदस्य: ४५
आचार्यका अनुसार सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। उनले पार्टी सरकारमा गएर गरेको राम्रा कामहरुको प्रभाव स्थानीय जनतामा समेत परेकाले संगठन निर्माणमा टेवा पुगेको बताए। बाँकी रहेका पालिकाहरुको अधिवेशन पनि छिट्टै सम्पन्न गरिने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्