
बाँके:बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित नवदुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा अनुमतिभन्दा धेरै रुख काटिएको प्रमाण फेला परेको छ। वन समितिको मिलेमतोमा अवैध रूपमा रुख कटान गरिएको आशंका गरिएको छ।
नाम नबताउने सर्तमा स्थानीय उपभोक्ता स्रोतका अनुसार कटान अनुमति लिएर सीमित मात्रामा मात्र रुख फडानी गर्नुपर्ने भए पनि थप रुखहरू अवैध रूपमा काटेर जंगलमै राखिएको छ।उपभोक्ता समितिको मिलेमतोमा चोरी निकासी भैरहेको छ। यश अघि पनि बिगो तिर्नुपर्ने देखिएको समितिका पदाधिकारी नै अहिले समितिमै छन् ।जुन रुख राम्रो ठुलो देखिन्छ त्यही रुख बिचौलियालाई जंगल भित्र प्रवेश गराएर टाँचा नै नहानेको रुखहरु कटान गरेको प्रमाण फेला परेका छन् । यसबारे सम्बन्धित डिभिजन वन कार्यालयका अधिकारीले हल्का जवाफ दिएर भने थुप्रै सामुदायिक बन छन् कुन हो ? पटक पटक सोध्दा समेत यश बारे यकिन गरिएको अनुमती दिएको रुखको संख्या बताउन नखोजेपछी। झनै मिलेमतो भएको आसंका सजिलै बाहिर आएको हो।नियमन अनुगमन नगरेको वा आँखा चिम्लेको आरोप लागेको छ।
नेपालको वन ऐन, २०७६ अनुसार, सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार संकलन, कटान, र बिक्री गर्दा डिभिजन वन कार्यालयबाट अनुमति लिनुपर्छ। अनुमतिबिनाको रुख कटान गैरकानूनी मानिन्छ र दोषीलाई कानुनी कारबाही गरिने प्रावधान छ।
यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने माग उठिरहेको छ। यदि दोषी प्रमाणित भएमा, संलग्न व्यक्तिहरूलाई वन ऐन, २०७६ अनुसार जरिवाना वा कैद सजाय हुन सक्छ।
साच्चिकै यसरी ब्यक्तिगत स्वार्थ पूरा गर्न सामुदायिक बनका रुख नियम बिपरित कटान गरेको यो पहिलोपटक भने होईन गाउँपालिकालाई सामुदायिक बनले प्रदान गरेको जग्गामा भएका रुख कति कटान भए ? कहाँ बिक्रि भयो ? हिसाबकिताब अझै सार्बजनिक हुन नसकेको उपभोक्ताले जानकारी दिएका छन् ।
फडानी गरेका टाँचा बिनाका रुख यसरी जंगल भित्र लुकाएर राखिएका छ। तस्वीर …
प्रतिक्रिया दिनुहोस्