Close sidebar

प्रथम जि गाउँ कप:उपाधि नजिक चार टोली, विजेतालाई १ लाख ५ हजार

बाँके:बैजनाथ गाउँपालिका ५ जि गाउँ अरनिको कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत क्वाटरफाइनल चरण सकिएसँगै क्वाटरफाईनल समिकरण पूरा भएको छ। रोमाञ्चक भिडन्तपछि भिलेज होप एफसी, न्यु शान्ति युवा क्लब, योङ्ग स्टार एफसी धम्बोजी, र आयोजक अरनिको युवा क्लब जि गाउँ सेमीफाईनलमा प्रवेश गरेका छन्।

क्वाटरफाइनलको रोमाञ्चक संघर्ष:शुक्रबार बिहान ८:०० बजे भएको पहिलो क्वाटरफाइनल खेलमा भिलेज होप एफसी राँझा ले भगवती युवा क्लब हसनापुर लाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो। निर्धारित समयसम्म खेल बराबरी भएपछि टाइब्रेकरमा भिलेज होपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।

सत्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा न्यु शान्ति युवा क्लब बैजनाथ-४ ले प्रेम नगर युवा क्लब कोहलपुर लाई १-० को झिनो अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

दिउँसो सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा योङ्ग स्टार एफसी धम्बोजी ले न्यु जर्नी युथ क्लब लालपुर लाई ३-१ ले हराउँदै सेमिफाइनल प्रवेश गर्यो।

अन्तिम क्वाटरफाइनल खेलमा आयोजक अरनिको युवा क्लब जि गाउँ (टिम ए) ले एभरेष्ट मल्टीपल एकेडेमी कोहलपुर लाई एकतर्फी ५-० को जित निकाल्दै सेमीफाईनलमा स्थान सुरक्षित गर्यो। आयोजक टोलीको उत्कृष्ट प्रदर्शनले सेमिफाइनलमा थप रोमाञ्चकता थपेको छ।

आईतवार देखि शुरु हुने सेमिफाइनल खेल तालिका सचिवालय प्रमुख सुरेन्द्र दाहाल का अनुसार आइतबार हुने सेमिफाइनल खेलहरू निम्नानुसार छन्:
पहिलो सेमिफाइनल दिउँसो १:३० बजे
भिलेज होप एफसी राँझा 🆚 योङ्ग स्टार एफ सी धम्बोजी बिच हुने छ।

दोस्रो सेमिफाइनल दिउँसो ३:३० बजे
न्यु शान्ति युवा क्लब बैजनाथ-४ 🆚 आयोजक अरनिको युवा क्लब जि गाउँ (टिम ए)बिच खेल हुने अरनिको युवा क्लबका सचीव राकेश दाहालले जानकारी दिए।

विजेतालाई आकर्षक पुरस्कार प्रतियोगिता आयोजक क्लब अरनिको युवा क्लब जि गाउँका अध्यक्ष गंगाराम पुन का अनुसार विजेता टोलीले नगद रू. १,०५,०००, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले रू. ५१,११५, कप, मेडल र प्रमाणपत्र पाउनेछ। साथै, हरेक विधामा उत्कृष्ट खेलाडीलाई नगद रू. ५,००० प्रदान गरिनेछ।

सेमिफाइनल प्रवेश गरेका क्लब प्रतियोगिता उपाधि नजिक पुगेका छन् । सेमिफाइनल खेलहरूमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। फुटबलप्रेमीहरूका लागि आइतबारको खेल रोचक र निर्णायक बन्नेछ। आयोजक समितिले खेलप्रेमी स्थानीय दर्शकहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!