
बाँके:बैजनाथ गाउँपालिका-५, जि गाउँस्थित प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रथम जि गाउँ कप खुल्ला फुटबल प्रतियोगिता-२०८१ सोमबार फाइनल खेलसँगै समापन गरिने भएको छ।
फाइनल भिडन्त: अरनिको युवा क्लब बैजनाथ जि गाउँ र धम्बोजी युवा क्लब नेपालगन्ज बिच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।आयोजक अरनिको युवा क्लब जि गाउँ र धम्बोजी युवा क्लब नेपालगन्ज फाइनलमा भिड्ने छन्। सेमिफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै यी दुई क्लब उपाधि नजिक पुगेका हुन्।
आईतवार दिउँसो १:३० बजे भएको पहिलो सेमिफाइनल: धम्बोजी युवा क्लब नेपालगन्ज (५) – (४) भिलेज होप एफसी नेपालगन्ज बिच भएको खेलमा (पेनाल्टी सुटआउट)मार्फत धम्बोजी युवा क्लब फाईनल प्रवेश गरेको हो।
दोस्रो सेमिफाइनल: अरनिको युवा क्लब (३) – (०) न्यु शान्ती स्पोर्ट्स क्लब बैजनाथ ४ लाई हराउँदै अरनिको युवा क्लब फाईनलको यात्रा तय गरेको हो।
फागुन २७ गतेदेखि शुरु भएको खुल्ला फुटबल प्रतियोगितामा कुल १४ क्लब सहभागी भएका थिए।जसमध्ये दुई प्यानल बाट प्रतिस्पर्धा गर्दै आयोजक अरनिको युवा क्लब र धम्बोजी युवा क्लब बीच कडा प्रतिस्पर्धाका साथ प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फाइनल खेल सोमबार दिउँसो १:३० बजे सुरु हुनेछ।
फाईनल खेल सम्पन्न पश्चात सोमबार नै समापन समारोहमा विजेता टिमलाई पुरस्कार स्वरुप रु. १ लाख ५ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले रु. ५१ हजार १सय १५ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडीहरूलाई रु. ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ।
प्रतियोगिताको उच्च अपेक्षा बैजनाथ खेलकुद विकास समिति संयोजक लाल बहादुर थारुले फाइनल खेल रोमाञ्चक हुने बताउँदै दर्शकलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्। आयोजक क्लबको फाइनल प्रवेशले स्थानीय दर्शकहरुमा धेरै उत्साह झन् बढेको छ।
सोमबारको खेलपछि प्रतियोगिता औपचारिक रूपमा समापन गरिने आयोजक अरनिको युवा क्लबका सचीव राकेश दाहालले जानकारी दिएका छन्।प्रथम जि गाउँ कप खुल्ला फुटबल प्रतियोगिता २०८१ को उपाधि कस्ले हात पार्ला ? हेर्न बाँकी नै छ,सोमबार दिउँसो हुने फाइनल खेलले उत्तर दिनेछ!
प्रतिक्रिया दिनुहोस्