
बाँके: बैजनाथ गाउँपालिका-५, जि गाउँस्थित प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा अरनिको युवा क्लब द्वारा आयोजित प्रथम जि गाउँ कप खुल्ला फुटबल प्रतियोगिता-२०८१ अन्तर्गतको फाइनल खेल सम्पन्न भएको छ।सोमबार सम्पन्न फाइनल खेलमा आयोजक अरनिको युवा क्लब जि गाउँ ले योङ्ग स्टार युवा क्लब, नेपालगन्ज लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
आयोजक क्लबका अध्यक्ष गंगाराम पुन मगर ले दिएको जानकारीअनुसार, प्रतिस्पर्धात्मक खेलमा आयोजक क्लबका खेलाडीले कडा प्रतिस्पर्धाका बिच १-० अन्तरले जित निकाल्दै उपाधि हात पार्न सफल भएकोमा सम्पुर्ण खेलाडीलाई बधाई एवं शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा समेत निरन्तर दोश्रो तेस्रो चरणका खेल आगामी बर्ष निरन्तर आयोजना गरिने बताउनुभयो ।
घरेलु मैदानमा रोमान्चक जित निकाल्दै विजेता बनेको अरनिको युवा क्लब जि गाउँ ले रु. १,०५,००० नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता योङ्ग स्टार युवा क्लब, नेपालगन्ज ले रु. ५१,११५ नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। साथै, हरेक विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु. ५,००० नगद प्रदान गरिएको छ।
प्रतियोगी फागुन २७ गतेदेखि शुरु भएको थियो। कुल १४ क्लब सहभागी रहेको खेलमा अन्तिम दुइमा पुगेको घरेलुटोली अरनिको युवा क्लबले फाईनल खेलमा अन्तिम २ मिनेट थपेको समयमा गोल हानेर अग्रता कायम गर्दै बिजय भएर उपाधी चुम्न सफल भएको हो।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी अतिथी खेलाडी, प्रशिक्षक, निर्णायक तथा सहयोगी व्यक्तिहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो। खेल क्षेत्रको विकासमा योगदान दिने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो।
समारोहमा आयोजक क्लबका अध्यक्ष गंगाराम पुन मगर ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, खेलप्रेमी दर्शक तथा विशेष रूपमा खेलमैदान उपलब्ध गराएकोमा प्रभात नमूना माध्यमिक विद्यालय तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनार र विद्यालय परिवारलाई लगाएत सम्पुर्णलाई धन्यवाद व्यक्त गरे।
फाइनल खेलको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय ले स्थानीय सरकारले खेलकुद विकास समिति अन्तर्गत सबै खेलकुद प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, अरनिको युवा क्लबले ठुलो धनराशिको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नुका साथै उपाधि जित्न सफल भएकामा बधाई तथा शुभकामना दिँदै, स्थानीय सरकार सधैं युवा तथा खेलाडीहरूसँग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। फाईनल खेलका फोटो फिचर
प्रतिक्रिया दिनुहोस्