Close sidebar

ग्रामिण विद्युत सहकारी संस्था लि. द्वारा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

बैजनाथ, बाँके – ग्रामिण विद्युत बचत तथा ऋण सहकारी संस्था लि. बैजनाथ-२, बाँकेको आयोजनामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूका लागि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ।

तालिममा सहकारी संस्थाका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त तालिममा जिल्ला सहकारी संघ लि. बाँकेका प्रबन्धक सञ्चालक श्री नवराज उपाध्याय, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत श्री प्रविन राना, नेपाल बचत तथा केन्द्रीय सहकारी संघ लि. का शाखा प्रमुख श्री छत्र धमला, नागरिक साकोसका श्री गोपाल थापा लगायत प्रशिक्षकहरूको सहजीकरणमा तालिम सम्पन्न भएको हो।

तालिमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष श्री शेर बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। अध्यक्ष बस्नेतले सम्पूर्ण प्रशिक्षक, सहभागी तथा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे।

दुई दिनसम्म चलेको उक्त तालिम सहकारी संस्थाको व्यवस्थापन, लेखा प्रणाली तथा पारदर्शिता अभिवृद्धि गर्न महत्वपूर्ण हुने विश्वास गरिएको संस्थाका प्रबन्धक कल्पना बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!