Close sidebar

गुल्मीमा कोदो उत्पादन घट्यो

गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष ११.५० प्रतिशतले उत्पादन कम भएको अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।
गुल्मीमा यस वर्ष २ हजार ८८१ हेक्टर जग्गामा ३ हजार ३४१ दशमलव ९६ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत आर्थिक वर्ष २०७९÷८० मा २ हजार ९०५ हेक्टर जग्गामा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको पाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताउँछन् । यसैगरी बिउ छर्ने बेला खडेरी पर्नु, बीउ कम उम्रनु र रोग समेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको उनले बताए ।

गुल्मीका किसानहरुले ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरेका छन् । जिल्लामा इश्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट कोदो खेती हुने मुख्य क्षेत्रहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!