Close sidebar

काेहलपुर उद्योग वाणिज्य संघको साधारण सभा शुक्रवार हुने 

बाँके: कोहलपुर उद्योग वानिज्य संघको २५ औं स्थापना दिवश विशेष कार्यक्रमसँगै संघको १० औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गर्न आवश्यक तयारी पुरा भएकाे बताईएकाे छ । पाैष २० गते शुक्रबार साधारण सभा गर्ने निर्णय भएअनुसार संघकाे १० औं  साधारण सभा उद्याेग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख आथित्यतामा आयाेजना गरिने संघका अध्यक्ष लक्ष्मणराज पाैडेलले जानकारी दिनुभयो ।

संघका अध्यक्ष पाैडेलको अध्यक्षतामा यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभा तथा स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न गर्न विभिन्न तयारी समिति गठन गरिएकाले छाेटाे समयमा साधारण सभा आयाेजना गर्न सहज वाताबरण बनेकाे उहाँले बताउनु भएकाे छ । संघकाे सभाहलमा विहान ११ बजेबाट शुरू हुने भएको छ।
साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने छ । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गरिरहेकाे अवस्थामा न्यून भोल्टेज, घर बहाल समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापनका लगाएतका समस्या समाधानसंगै मिसम्याच जस्ता समस्याहरु समाधानमा केन्द्रित रहेर साधारण सभा गर्न लागिएकाे संघका अध्यक्ष पाैडेललकाे भनाई छ । व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवर्द्धन गरी काेहलपुरलाई लुम्बिनी प्रदेशको व्यापारीक हवको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेकाे भन्दै संघका अध्यक्ष पाैडेलले साधारण सभामा उद्याेगी व्यवसायी मात्र नभई सम्पूर्ण सम्बन्धित पक्ष, नागरिक समाज, पत्रकार सञ्चारकर्मी लगाएतका सामाजिक अभियन्ताहरूलाई उपस्थितकाे लागि निमन्त्रणा गरीएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!