Close sidebar

राष्ट्रिय सहकारी महासंघ संचालकमा बैजनाथका सुबेदी र शाह चयन

बाँके:राष्ट्रिय सहकारी महासँघ नेपालको ३१ औं बार्षिक साधारण सभा बाट अध्यक्षमा ओम देबी मल्ल सहित बैजनाथ गाउँपालिका बाँकेका सहकारी अभियन्ता सहकारी नेतृत्व प्रेम प्रसाद सुबेदी र एकता शाह राष्ट्रिय सहकारी महासंघ नेपालको संचालक समिति सदस्यमा निर्बिरोध चयन हुनुभएको छ।

बैजनाथका सहकारी नेतृत्व जिल्ला प्रदेश हुँदै केन्द्रमा नेतृत्व गर्न सफल हुनुभएको छ। चिसापानी साना किसान कृषि सहकारी निबर्तमान अध्यक्ष जिल्ला कृषि सहकारी संघ अध्यक्ष एवं लुम्बिनी प्रदेश सहकारी संघ लि.का उपाध्यक्ष एकता शाह र चुलिमालिका कृषि सहकारी संस्था लि बैजनाथ ५ का सचीव जिल्ला सहकारी संघ लि.बाँके अध्यक्ष एवं लुम्बिनी प्रदेश सहकारी संघ लि.का अध्यक्ष प्रेम प्रशाद सुबेदी राष्ट्रिय सहकारी संचालक समिति केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ।

राष्ट्रिय सहकारी महासंघ नेपाल संचालक समिति अध्यक्षमा ओम देबी मल्ल सहित २५ सदस्यीय पदाधिकारी संचालक समिति शनिबार चयन भएको हो भने संचालक समितिको कार्यअवधि ४ बर्षको रहेको निर्वाचित संचालक समिति सदस्य प्रेम सुबेदीले जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ जस्तो अभिभावक संघको गरिमामय सन्चालक समितिकाे सदस्य पदमा निर्बिरोध चयन हुन सफल गराउने सम्पुर्ण देशभरीका सहकारी प्रतिनिधिहरुलाई शाहले धन्यवाद ब्यक्त गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!