बाँके, बैजनाथ– बैजनाथ गाउँपालिकाको आयोजना तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जको सहकार्यमा शुक्रबार एक दिने सुशासन तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रममा सुशासन, कर्मचारी व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई प्रशासनिक पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार न्यूनीकरण तथा सेवाग्राहीलाई सहज र […]
कबिन्द्र परियार/कोहलपुर, २३ फागुन बाँकेको राप्तीसोनारी गाउँपालिका–९, महादेवपुरी सनराइज ई.मी. स्कूलले क्यान्सर पीडित बिर्मी खड्काको उपचारका लागि १८ हजार ५५० रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले ४७ वर्षीया खड्काको उपचारका लागि उक्त सहयोग रकम संकलन गरेको हो। विद्यालयका संस्थापक प्रिन्सिपल सागरदत्त गौतमले शुक्रबार पीडितका श्रीमान् मेघराज खड्कालाई सो रकम हस्तान्तरण गर्नुभएको थियो। सहयोग हस्तान्तरणपछि प्रिन्सिपल […]
बाँके, बैजनाथ–३ बैरहवा खेलमैदानमा नेकपा एमाले निलट नेपाल खेलकुद महासंघ बैजनाथ कमिटीको आयोजनामा ३ दिने बैजनाथ गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज कृष्णा पाठकले खेलाडीलाई भलिबल हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभयो। उक्त कार्यक्रम नेपाल खेलकुद महासंघ बैजनाथ कमिटीका अध्यक्ष सुरेन्द्र बी.के.को अध्यक्षतामा […]
बाँके जिल्लाको बैजनाथ गाउँपालिका-३, बैरहवामा यही शुक्रबारदेखि कृषि हाट बजार सञ्चालन हुने भएको छ। “किसानसँग पालिका अध्यक्ष” कार्यक्रमअन्तर्गत निर्माण गरिएको टहरामा स्थानीय किसानहरूले उत्पादन गरेका फलफूल, तरकारीलगायतका कृषि उपज सहज रूपमा बिक्री गर्न सक्नेछन्। स्थानीय उत्पादनलाई बजार सहजता दिने उद्देश्यले बैजनाथ गाउँपालिकाले विभिन्न स्थानमा ट्रस टहरा निर्माण गरेको हो। बैरहवामा सञ्चालन हुने कृषि हाट बजारको […]
बाँके: मुख्यमन्त्री कोहलपुर गोल्डकपमा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ […]
जाजरकोट । कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित नलगाड नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा बुद्धिबहादुर गुरुङलाई अध्यक्ष चयन गरेको छ। नयाँ नगर समितिमा वरिष्ठ उपाध्यक्ष प्रचण्ड ओली, उपाध्यक्ष जनक शाही र वीरबहादुर खड्का, सचिव दीपक नेपाली, कोषाध्यक्ष रूपाकुमारी ध्यार र सहसचिव सुरेश बिक चयन भएका छन्। […]
बाँके:खजुरा। सर्वसाधारणलाई क्यान्सर राेगकाे जाेखिमबाट बचाउन खजुरा गाउँपालिकाले स्वास्थ्य शिविर जस्ता गतिविधिलाई अगाडि बढाएको छ। मंगलवार वडा नम्बर -६, स्थित पुरैनामा स्त्रीरोग बिशेषज्ञ सहितकाे स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरकाे उद्घाटन गर्दै पालिका प्रमुख डम्बर बिक तुफानले आमनागरिकलाई नसर्ने क्यान्सर जस्ता राेगबाट जाेगाउन पालिकाले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गरिरहेकाे बताउनुभयो । उहाँले […]
कोहलपुर, १९ फागुन – कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति खुला क्लबस्तरीय टि–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाइटेड भिजन क्रिकेट क्लब कोहलपुर ले उचालेको छ। फाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीलाई ६८ रनले पराजित गर्दै युनाइटेड भिजन क्रिकेट क्लबले प्रतियोगिताको ताज जितेको हो। फागुन १५ गतेबाट सुरु भएको यो प्रतियोगिता […]
बाँके:कोहलपुर नगरपालिकाले तिलगंगा आँखा अस्पतालको सहकार्यमा नि:शुल्क आँखा स्क्रिनिङ तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ। उक्त शिविरमा १,६०० भन्दा बढीको आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो भने ४४२ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाले पहिलो पटक यति धेरै संख्यामा एकैपटक निःशुल्क चेकजाँच, औषधि वितरण तथा शल्यक्रिया सेवा प्रदान गरेको हो। बिरामीहरूको सुविधाका लागि […]
बाँके:बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि किशोरीहरूको रक्त अल्पता (एनीमिया) जाँच कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रम बैजनाथ गाउँपालिका–१ स्थित रारा माध्यमिक विद्यालय, गाभरमा गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले उद्घाटन गर्नुभएको हो। स्वास्थ्य जाँचको क्रममा ८६ जना किशोरीको रक्त परीक्षण गर्दा ४ जना किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ। स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण राज शाहीका अनुसार […]